Sunday, April 11

दु’खद ख’बर : बिहेमा दाइजो कम दि’एको भ’न्दै ८ महिनाकि ग’र्भ’वती मनजिता कौ’रको ह’ त्या (भिडियो

January 15, 2021 152

दु’खद ख’बर : बिहेमा दाइजो कम दि’एको भ’न्दै ८ महिनाकि ग’र्भ’वती मनजिता कौ’रको ह’ त्या (भिडियो
नेपालमा झन्डै एक वर्षअघि लागु भएको देवानी तथा फौजदारी संहिताले दाइजो र त्योसँग जोडिएका घरेलु हिंसालाई नियन्त्रण गर्ने अपेक्षा गरिए पनि त्यो क्रम लगभग पहिलाको जस्तै रहेको तराई क्षेत्रका अधिकारी तथा अधिकारकर्मीहरूले बताएका छन्।

उनीहरूको भनाइमा प्रदेश २ का विभिन्न स्थानका महिलाले दाइजोको कारण विभिन्न समस्या भोग्ने क्रम रोकिएको छैन।

उनीहरूको भनाइमा तराई भेगमा “छोरीले जति धेरै पढ्यो उती धेरै दाइजो दिने” पीडा अभिभावकहरूको छ।

दाइजोविरुद्ध कानुन भए पनि उजुरी नपर्ने र त्यसैले दाइजोजन्य विकृतिको अवस्था “भयावह” भइरहेको छ।

नेपाल प्रहरीबाट अवकास प्राप्त भएपछि महिला हिंसाविरुद्धका कार्यमा सक्रिय सुभद्रा आलेले घरेलु हिंसा कोट्याउँदा दाइजोजन्य उत्पीडन देखिने गरेको बताउँछिन्।

उनले भनिन्, “दाइजो रोक्न भन्दै कडा कानुन आएको छ। तर दाइजो भनेर उजुरी आउँदैन।”

महिला अधिकारको क्षेत्रमा कार्यरत सर्लाही जिल्लाकी सुभद्रा देवीको अनुभव पनि उस्तै छ। गोप्य वा खुला रूपमा भए पनि दाइजो लेनदेन विवादको मुद्दा कमै दर्ता हुने गरेको उनी बताउँछिन्।

उनी भन्छिन्, “दाइजो भित्रभित्रै लिइरहेका छन् र खुलेर पनि लिइरहेका छन्। दिने क्रम घटेको छैन तर मुद्दा दिन कोही पनि आइरहेको छैन।”

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता मिश्रले महिला हिंसा सम्बन्धी उजुरीहरू न्यायिक समितिमा आउने गरे पनि दाइजोको कारण किटानी नहुने गरेको बताउँछिन्।

उनले भनिन्, “स्थानीय तहमा जनप्रतिनिधिहरू जितेर आएपछि दाइजो कम हुनुपर्ने भए पनि अहिले त्यो बढिरहेको छ। भित्र भित्रै दबाव दिने र हिंसा गर्ने क्रम रोकिएको छैन।”

प्रतिकृया दिनुहोस्