Tuesday, July 27

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि आयो यस्तो खुसीको खबर

June 24, 2021 176

काठमाडौ । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन् ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

काठमाडौं। कहिले काँही दैव पनि निष्ठुरी हुन्छ । जस्तै डाक्टर सदिना श्रेष्ठको सवामा भएको छ । डा. श्रेष्ठ नेपालमै आफ्नो बिशेषज्ञता भएको क्षेत्रमा चर्चित डाक्टर हुन् । यति मात्र हा्ेइन, उनका श्रीमान् जय श्रेष्ठ पनि चर्चित डाक्टर हुन् । तर पनि उनलाई बचाउन सकिएन।

डा. श्रेष्ठ पछिल्लो समय चितवनस्थित बिपी कोइराला मेमोरियल क्या न्स र अस्पतालमा कार्यरत थिइन् । उनी त्यहाँ अंकोलोजिष्ट रुपमा कार्यरत थिइन् । तर, अब अस्पतालका बिरामीहरुले डा सदिना श्रेष्ठको सेवा पाउने छैनन् । उनी यो भौतिक सन्सार छोडेर गएकी छिन्।

डा. श्रेष्ठको फोक्सोमा समस्या थियो । उनको फोक्सोमा क्या न्स र भएको थियो। उनको उपचार चलिरहेको थियो । तर उनको उपचारले सफल सकेन र बिरामी श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको हो।

उनी लामो समयदेखि उक्त अस्पतालमा कार्यरत थिइन् । डा. सदिनाका श्रीमान जय श्रेष्ठ पनि मेडिकल अंकोलोजिष्ट हुन् । उनको निधनमा अस्पतालले दुख ब्यक्त गरेको छ । भने उनको परिवार शोकमा परेको छ।

प्रतिकृया दिनुहोस्