Sunday, December 5

रुपाले घरबेटीलाई फसाएको खुलासाः यस्तो पो रहेछ वास्तविकता, सबै सत्यतथ्य छताछुल्ल भएपछि रुपा तनावमा !

June 24, 2021 148

दलित अभियान्ता तथा मिडियाकर्मी रुपा सुनारले घरबेटी सरस्वती प्रधानलाई फसाएको खुलासा भएको छ । इमेज टेलिभिजन च्यानलमा लोकदोहोरी कार्यक्रम चलाउने प्रस्तोता रुपा सुनार अहिले चर्चामा छिन् ।

दलित भएकाले जातकै आधारमा कोठा नदिएको उनको आरोपपछि घरबेटी सरस्वती प्रधान पक्राउ परिन। प्रमाण नपुगेपछि तीन दिन हिरासतमा बसेर छुटिन् । आफ्नै घरमा राख्नेरनराख्ने स्वनिर्णय र समाजले दलित भनेको तल्लो जात हो, सँगै बस्नुहुँदैन भन्ने स्कुलिङमा हुर्किएकी सरस्वतीले रुपालाई आफ्नो घरमा नराख्ने निर्णय गरिन। यहीँ निर्णय उनलाई महंगो परयो ।

समाजिक मानसिकता भन्दा दलित सेन्टिमेन्टमा उनीमाथि कानुनी डण्डा प्रयोग गरियो । मानौ जघन्य अपराध गरेजस्तै जेलै हालियो । सरस्वतीलाई जेल हालेपछि जेजस्ता मुभमेन्ट भइरहेका छन्, कुराहरु आइरहेका त्यसले रुपालाई योजनाबद्ध रुपमा परिचालन गरिएको पाइएको छ । खासगरी पश्चिममा एनजिओसँग जोडिएका, त्यसबाट चलेका दलित सञ्चारकर्मी, अधिकारकर्मी, राजनीतिज्ञदेखि अभियन्तासम्मले यो विषयलाई चर्को रुपमा उठाएर सामाजिक सद्भाव खल्बल्याउने र जातीय द्वन्द्व सिर्जना गर्ने प्रयास गरेका छन् । यसमा बाबुराम भट्टराईदेखि ऐना कार्यक्रम चलाउने विश्वप्रकाश शर्मा र उनको टिमका केही दलित अभियन्ताहरु कस्सिएर लागेका छन् ।

बाबुराम भट्टराईले यो विषयलाई सामाजिक सञ्जालमार्फत एजेण्डा बनाउने र नेवार र दलित तथा अन्य जातिबिच द्वन्द्व बढाउन भूमिका खेलेका छन् । रुपालाई पश्चिममा निकट मानिने, पश्चिमी एजेण्डा बोक्ने, पश्चिममा फण्ड लिने सञ्चारमाध्यम, अभियन्ता, नागरिक समाजले पनि बोकेका छन् । घटनाको वास्तविकता नबुझी रुपाले जे भन्यो त्यसैलाई स्थापित गरी जात जात बिच लडाउने, द्वैष बढाउने काममा पश्चिममा डलरवादीहरु लागेका छन् । पीडित घरबेटीको कुनै कुरा सुनिएको छैन ।

दलित मात्रै भनेर यो विषय उचालिएपछि काठमाडौंका रैथाने आदिवासी पनि प्रतिकारमा उत्रिएका छन् । उनीहरुले रुपाबारे विभिन्न कुरा बाहिर ल्याएका छन् । त्यसो त रुपा आफै पनि जात व्यवस्था उन्मुलन मोर्चा गण्डकीकी संयोजक हुन् । यसबाट नै उनी दलित अभियन्ता भएको बुझिन्छ । आफै अभियन्ता भएर रुपाले उचालेको यो विषयलाई पश्चिममाले अझै उचाल्न खोजेको छ । जसले नेपाली समाज नै जातका आधारमा खण्डित हुने अवस्था पुगेको छ । विस्तारै हट्दै गएको जातीय विभेदलाई फेरि बढाउने खतरा बढाएको छ ।

नेवार समुदायले पनि यस्तै चिन्ता गरेका छन्, काठमाडौंको नेवा समाजलाई पश्चिमाले भाडाका महिला पत्रकार प्रयोग गरी भड्काउन खोजेको त होइनरु सम्बन्धित निकायको ध्यान जाओस् । ५० वर्षकी रुपालाई आफ्नै घरको कोठाको निर्णय लिँदा तीन दिन हिरासतमा बस्नुपरेपछि काठमाडौंको नेवार समुदाय रुष्ट बनेको छ । यस्तोमा सरस्वतीका श्रीमानले मिडियामा एकथरीमात्रै आएर एजेण्डा सेट गरेको भन्दै गुनासो गरेका छन् । आजसम्म दलित भनेर कसैलाई पनि छोईछिटो नगरेको बताउँदै सरस्वतीका श्रीमान मुकुन्द प्रधानले रुपा सुनारले आफ्नी पत्नीलाई सरस्वतीलाई सुनियोजित रुपमा फसाएको बताए । रुपाले नै जातको कुरा निकालेकोले उनी कोठा चाहिएरभन्दा पनि कसैलाई न कसैलाई फसाउने नियतले नै आएको र त्यसमा आफूहरू परेको मुकुन्दले मिडियासँगको कुराकानीमा यथार्थ बाहिर ल्याएका छन् ।

कुराकानीमा मुकुन्दले रुपा आफ्ना लागि कोठा हेर्नभन्दा पनि काठमाडौंमा दलितलाई कोठा नदिने सङ्ख्या कति रहेछ भन्दै सर्वेक्षण गर्दै हिँडेको आशङ्का गरेका छ । सुरुदेखि नै संवाद रेकर्ड गर्नु, पछि उनले आफूलाई कामी छोरी हुँ भन्नुले त्यो शङ्काको सुविधा दिएको बताउँदै मुकुन्द भन्छन्९ ‘यो घटना छुवाछुतको होइन । मेरी पत्नीले जातको कुरा गरेकै छैन । ती बैनी आफैंले म कामीकी छोरी हुँ दिने की नदिने भनिन् । कामी हुँ भन्दा घरबेटीहरूले कस्तो प्रतिक्रिया जनाउँछन् । उनी काठमाडौंमा जातको आधारमा कोठा नदिने रहेछन् की रहेछन् भन्दै सोध९सर्वेक्षणमा हिँडेकी हुनुपर्छ । नत्र सुरुमै कोठाको कुरा गर्दा देखिकै सबै वार्तालाप किन रेकर्ड गरेकी रहिछन् त ।’ उनले आफूले काम गर्ने एनजिओमा आफ्नो कामको प्रगति देखाउन वा छोटो समयमै भाइरल हुन आफ्नी पत्नीविरुद्ध मुद्दा हालेकी मुकुन्दको आरोप छ ।

लकडाउनको समयमा कोठाका सामान ढुवानी गर्ने साधन नचल्ने बेलामा कोठा खोज्न भन्दै रुपा आउनुमै मुकुन्दले संशय देखेका छन् । उनी भन्छन् ‘लकडाउनमा कुन घरभेटीले निस्केर जा भन्यो होला रु लकडाउनमा कोठा छाडेर जाऊ भनेको भए उनले सो घरबेटीविरुद्ध पनि मुद्दा हाल्नुपर्ने होइन र रु’ आफ्नी पत्नी सरस्वतीले जातीय विभेद गर्ने मनसाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना, पेसा, चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको उनी दाबी गर्छन् ।

‘मेरी श्रीमतीले त घरसल्लाह गरी खबर गर्छु भनेको हो । घर मुली त म हो नि । मसँग सल्लाह नगरी उनले कसरी कोठा भाडा दिन सक्छिन् । २४ सै घण्टा सँगै बस्ने मान्छे कहाँको हो रु के गर्छ सबै नसोधी घरमा सल्लाह नगरी कसरी दिने रु’ उनले प्रश्न गरे । रुपाले मिडियाकर्मी भन्दै आफ्नो संस्था र दलितसम्बन्धी आफू कार्यरत संस्थाको शक्तिको दुरुपयोग गरी सुनियोजित रुपमा अतिरञ्जित गरेको मुकुन्दको आरोप छ । उनी भन्छन् ‘कुनै करार सम्झौता गरेको छैन । बैना लिएको पनि छैन । उनी आफैँ म कामी भएर नदिने भनेको हो भन्दै कुरा बढाएर फोन रेकर्ड गर्दै मिडियामा आएकी हुन् ।’ वर्षौँदेखि आफूहरू सामाजिक सद्भावमा बस्दै आएको भन्दै मुकुन्दले आफू सबै खाले विभेदको विपक्षमा रहेको पनि स्पष्ट पारे ।अनलाइनमार्ग डटकमबाट

प्रतिकृया दिनुहोस्