Sunday, September 19

सैनिक हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

June 24, 2021 240

फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ ।

वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताउनुभएको छ । सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धार शुरु गरेको थियो ।

भारतीय विदेशमन्त्री एस जयशंकरले केन्या सकमक्षी रेसेल ओमामोसँग भेटवार्ता गरेका छन् ।केन्याको तीन दिने भ्रमणमा गएका विदेशमन्त्री जयशंकरले केन्या समकक्षीसँग द्धिपक्षीय सहकार्य तथा क्षेत्रीय र ग्लोबल बिषयहरुमा छलफल गरेका छन् ।

केन्या समकक्षी ओमामोसँगको भेटवार्तामा द्धिपक्षीय सबन्धबारे परिणाममुलक छलफल भएको जयशंकरले बताएका छन् । भारत र केन्या दुबै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य राष्ट्र भएको हिसाबले क्षेत्रीय तथा ग्लोबल बिषयमा छलफल भएको जयशंकरले ट्विइट गरेका छन् ।

केन्या समकक्षीको साथमा विदेशमन्त्री जयशंकरको अध्यक्षतामा हुने भारत केन्या संयुक्त आयोगको आगामी तेस्रो बैठकमा द्धिपक्षीय सम्बन्धबारे समीक्षा हुने बताईएको छ । विदेशमन्त्री जयशंकरले भारत केन्या सम्बन्धबारे अन्य केन्याका मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका छन् । स्रोत हिन्दुस्तान टाईम्स

प्रतिकृया दिनुहोस्