Sunday, April 11

‘बुहारी सिर्जना त्रिपाठीलाई प्रचण्ड निवासमा प्रवेश निषेध’ भन्दै समाचार आएपछि सिर्जनाले दिइन् यस्तो जवाफ

January 17, 2021 122

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विभाजन पछि अहिले नेताका परिवारलाई पनि निसाना बनाउन थालिएको छ । एक अर्का विरुद्ध टिप्पणी गर्ने नेता कार्यकर्ता त छदै छन् केही मिडिया समेत पारिवारिक विषयमा प्रवेश गरेका छन् । यस्तै कुरालाई लिएर प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले सामाजिक सञ्जालमा दुख ब्यक्त गर्दै जवाफ फर्काएकी छन् ।

उनी नेकपाको कास्कि जिल्ला सचिवालय सदस्य हुन। उनलाई पछिल्लो राजनीतिक घटनाक्रमले चर्चामा ल्याएको छ । एउटा सञ्चार माद्यममा पद र सत्ताका लागि प्रचण्डले परिवारलाई पनि प्रयोग गर्न थालेको भनेर समाचार प्रकाशनमा आएपछि सृजनाले त्यसमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छन।

‘बुहारी सिर्जना त्रिपाठीलाई आफ्नो निवास प्रवेशनै निषेध गरेका प्रचण्डले पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय प्रशिक्षणमा भने नाती लिएर मञ्मै बसी नाबालक नातीलाई समेत आफ्नो राजनीतिमा उपयोग गरेका छन्’ भन्ने आसयको समाचारमा सृजनाको आपत्ति छ। ‘पोखरा सिर्जनाको माइती हो भने प्रचण्डको नातीको मावली ।

यही तथ्य बुझेर प्रचण्डले सिर्जनालाई घरभित्र छिर्न नदिए पनि पोखरामा भने नातीलाई लिएर मञ्चमा पुग्नुभएको हो । प्रचण्डले आजको कार्यक्रममा नाती राखेर पोखरेलीसँग इमोशनल ब्ल्याकमेलिङ गर्नुभएको हो’ भन्ने आसयमा आफनो असहमति रहेको उनले वताईन।

‘अंशमा बिषयवस्तु हेर्ने र आफूअनुकुल बिषयलाई प्रस्तुत गर्ने एकथरी संचार प्रवृतिबाट हाम्रो परिवार बारम्बार पीडित हुँदै आएको छ । फेरी मेरो नाबालक छोरालाई जोडेर सत्तानिकट एक मिडियामा प्रायोजित सामग्री प्रकाशित भएसंगै अनेक प्रतिक्रिया आइरहेका छन’ उनले लेखेकी छिन्–‘हामी प्रष्ट छौं–हाम्रो पारिवारिक प्रसंगलाई गिजोलेर क्रान्तिनायक प्रचण्डमाथि प्रहार गर्ने प्रवृति सफल हुने छैन ।

नेपाली जनताको स्वर्णिम भविष्य निर्माणका खातिर बुबा प्रचण्डले ४ दशकदेखि संघर्षको नेतृत्व गरिरहनु भएको छ । नातिका रूपमा प्रशिद्धप्रती सार्वजनिक चासो हुनु अन्यथा होइन तर ज’बरज’स्ती राजनीतिक रंग दिने र अन्यथा व्याख्या गर्ने कलुषित सोच सामान्य हुँदै होइन ।’

नाबालकलाई जबरजस्ती समाचारको मशाला बनाउने र प्रचण्डविरुद्ध षडयन्त्रको खुराक बनाउने प्रवृत्ति प्रति घोर आपत्ति रहेको उनले जनाएकी छिन् । ‘हामी यसबेला इतिहाँस कै पेचिलो संघर्षमा छौं, असंवैधानिकरूपमा गरिएको संसद बिघटनले देशको राजनीतिक भबिष्यमाथि गम्भीर धक्का लागेको छ’ फेसवुकमा लेखिएको छ–‘फेरी एकपटक प्रचण्डसहितको नेतृत्वमा राजनीतिलाई सही ट्रयाकमा ल्याउन आन्दोलनको ज्वारभाटा निस्कदै छ ।

म र हाम्रो परिवार सो संघर्षको बफादार सिपाहीका रूपमा संघर्षमा छौं । ठीक यही बेला जनताको ध्यान बिषायन्तर गर्न अनेक बाहाना खोजिएको छ । बहानाले बाजी मार्ने छैन, प्रचण्ड नेतृत्वको तुफान कसैले रोक्न सक्ने छैन ।’

प्रतिकृया दिनुहोस्