Thursday, May 6

१० करोडमा मुम्बईको घर बेच्दै करिष्मा कपुर

January 17, 2021 140

करिना कपुरकी दिदी करिष्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्न लागेको खबर छ । करिष्माले यसबारे कुनै पुष्टि त गरेकी छैनन् तर भारतीय सञ्चार माध्यमले बेच्नका लागि उनले आफ्नो घर रजिस्टर गरेको जानकारी दिएका छन् ।
१० करोडमा घर बेच्दैः

डीएनएको खबर अनुसार करिष्मा कपुरले आफ्नो घर बेच्नका लागि २४ डिसेम्बर २०२० मा रजिस्टर गरेकी थिइन् । करिष्माले आफ्नो घर बिक्रिका लागि राखेको ज्यापकि वेबसाइटमा यसको मूल्य १०.११ करोड बताइएको छ । १,६११ स्क्वायर फिटमा फैलिएको घरलाई करिष्माले १० करोडमा बेचिरहेकी छिन् । यसअघि करिष्मा कपुरले सन् २०१८ मा आफ्नो बान्द्रास्थित घर १.३९ करोडमा बेचेकी थिइन् ।करिष्माले बेच्न ठिक्क पारेको घर सन् २०२० मा खरिद गरेको बताइन्छ ।

अक्षय कुमार लिनेछन् १३५ करोड, निर्देशकलाई ४ करोड

अक्षय कुमार लगातार फिल्ममा अभिनय गर्ने गर्छन् । उनको यसवर्ष मात्रै ६ वटा फिल्म रिलिजको तयारीमा छ । उनी लगातार फिल्म मात्रै गर्दैनन् उनले फिल्मको बिजनेस मोडल यसरी बनाएका छन् कि उनको फिल्मको जोखिम निकै कम हुन्छ र नाफा बढी । यी सबका बीच आफ्नो भारी पारिश्रमिक पनि लिने गर्छन् ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार मिशन मंगलको शानदार सफलतापछि अक्षयले यो फिल्मका निर्देशक जगन शक्तिसँग थ्रिलर फिल्मको योजना बनाएका छन् जसको नाम मिशन लायन हो । जगनको शल्यक्रियाका कारण फिल्म थोरै ढिला भएको छ । तर अहिले भने सबै बाधा हटेका छन् ।

जहाँसम्म अक्षयको पारिश्रमिकको प्रश्न उठ्छ तब उनी १३५ करोड भारु लिने गर्छन् । फिल्मका निर्माताका अनुसार विभिन्न राइट्समार्फत् अक्षयले फिल्मको अत्यधिक खर्च उठाउने गर्छन् । हिरोले यति धेरै पारिश्रमिक पाउने गर्छन् भने फिल्मका निर्देशकले भने ४ करोड भारुमा नै चित्त बुझाउनुपर्नेछ ।यो फिल्म हाल प्रि–प्रोडक्सनको स्टेजमा छ र यसको आधिकारिक घोषणा केही दिनमा हुने भारतीय मिडियाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्