काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो ।
महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले आनाका हिसाबले जग्गाको मूल्य तोकेको हो । महानगरले सबैभन्दा सस्तोमा आनाको १३ लाख रुपैयाँदेखि महंगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । यो मूल्यअनुसार महानगरले सम्पत्तिको कर असूल गर्छ ।
गोङ्गबु गाबिसमा पर्ने बिष्णुमती कोरिडोर क्षेत्रका लागी आनाको १२ लाख तोकिएको छ । त्यस्तै बालाजु रिङ्गरोड चोकदेखी औधोगिक क्षेत्र हुँदै बाईपास चोकसम्म, बाईपास चोकदेखी चक्रपथ माछापोखरी चोकसम्म मुलबाटोसंग दाँयाबाँयाका जग्ग्गाको २२ लाख तय गरिएको छ ।
मनोहरा पुल– तीनकुने–चावहिलसम्मको प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ। नयाँ बानेश्वरदेखि त्रिपुरेश्वरसम्मको मुख्य सडक क्षेत्रको मूल्य ३२ हजार रुपैयाँ मूल्यांकन हुने महानगरले जनाएको छ।
चक्रपथको वनस्थलीदेखि नारायणगोपाल चोक –धोबीखोला पुलसम्म २८ लाख रुपैयाँ तोकिएको छ। नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको २८ लाख मूल्यांकन हुनेछ।काठमाडौंको सबैभन्दा बढी न्युरोड सडक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी केशरमहल, ठमेल, असन, वीर अस्पताल, वायुसेवा निगम, पुराने बसपार्क, पुतलीसडक, बागबजारमा ५० लाख मूल्यांकन नै गरिएको छ।

प्रतिकृया दिनुहोस्