Friday, April 16

भोजपुरमा पहिलोपटक कोरोना सङ्क्रमणबाट २८ वर्षीया युवतीको मृत्यु !

November 19, 2020 375

भोजपुर । कोरोना भाइरसका कारण भोजपुरमा एकको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका ८ तुङ्गेछा देवीथानकी २८ वर्षीया युवतीको ज्यान गएको हो ।गत कात्तिक १९ गते युवतीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

भोजपुरमा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएकी युवतीको शव व्यवस्थापन गर्दै नेपाली सेना । मङ्गलबार षडानन्द नगरपालिका–८ तुङगेछाकी २४ वर्षीया युवतीको कोरोनाको कारण मृत्यु भएको हो । तस्बिर ः युवराज विष्ट
रिपोर्टपछि घरकै होम आईशोलेसनमा रहेकी उनको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए । मृतकको शव व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय गरी नेपाली सेनाको टोली खटाईएको छ । भोजपुरमा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएकी युवतीको शव व्यवस्थापन गरेको हो ।

भोजपुरमा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएकी युवतीको शव व्यवस्थापन गर्दै नेपाली सेना । मङ्गलबार षडानन्द नगरपालिका–८ तुङगेछाकी २४ वर्षीया युवतीको कोरोनाको कारण मृत्यु भएको हो । तस्बिर ः युवराज विष्ट
त्यस्तै नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले ६ हजार ७३१ जनाको पीसीआर परीक्षणका क्रममा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

आज तीन हजार ५३८ संक्रमणमुक्त भएका छन्। योसँगै आजसम्म एक लाख ८२ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थप १२ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्