Thursday, August 18

मोटरसाइकलको पछाडि बसेका थिए तर घर पुग्न पाएनन्, बाटै यसरी भयो मृत्यु

June 26, 2021 319

मानिसलाई लिन काल कुन रुप लिएर आउँछ थाहा नहुने रहेछ । यस्तै घटना पर्वतमा भएको छ । त्यहाँ मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् । उनी मोटरसाइकलको पछाडि बसेका थिए । कहीँ गैरहेका उनी चढेको मोटरसाइकलका चालकले पत्तो पाएनन् । नजिकै रहेको डिभाइडर नै अर्जुनलाई काल बनेर कुरीरहेको थियो ।

उनी मोदीबाट कुश्मातर्फ जाँदै थिए । उनी चढेको ग २० प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा लागेको थियो ।

उक्त मोटरसाइकल बिहीबार ठो क्किँ दा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा शुक्रबार बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो ।

महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले आनाका हिसाबले जग्गाको मूल्य तोकेको हो । महानगरले सबैभन्दा सस्तोमा आनाको १३ लाख रुपैयाँदेखि महंगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । यो मूल्यअनुसार महानगरले सम्पत्तिको कर असूल गर्छ ।

गोङ्गबु गाबिसमा पर्ने बिष्णुमती कोरिडोर क्षेत्रका लागी आनाको १२ लाख तोकिएको छ । त्यस्तै बालाजु रिङ्गरोड चोकदेखी औधोगिक क्षेत्र हुँदै बाईपास चोकसम्म, बाईपास चोकदेखी चक्रपथ माछापोखरी चोकसम्म मुलबाटोसंग दाँयाबाँयाका जग्ग्गाको २२ लाख तय गरिएको छ ।

सामाखुसी चक्रपथ चोकवाट खरिबोट हुँदै टोखा ग्रीनल्याण्डसम्मको मुलबाटोसंग जोडिएको दाँयाबायाँका जग्ग्गाहरु आनाको १६ लाख तोकिएको छ । मनोहरा पुल– तीनकुने–चावहिलसम्मको प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ। नयाँ बानेश्वरदेखि त्रिपुरेश्वरसम्मको मुख्य सडक क्षेत्रको मूल्य ३२ हजार रुपैयाँ मूल्यांकन हुने महानगरले जनाएको छ।

चक्रपथको वनस्थलीदेखि नारायणगोपाल चोक –धोबीखोला पुलसम्म २८ लाख रुपैयाँ तोकिएको छ। नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको २८ लाख मूल्यांकन हुनेछ।
काठमाडौंको सबैभन्दा बढी न्युरोड सडक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी केशरमहल, ठमेल, असन, वीर अस्पताल, वायुसेवा निगम, पुराने बसपार्क, पुतलीसडक, बागबजारमा ५० लाख मूल्यांकन नै गरिएको छ।

 

प्रतिकृया दिनुहोस्