Thursday, April 22

कुलमानको सपना चकनाचुर हुँदै, नेपाल फेरि अँध्यारो युगमा प्रवेश

January 18, 2021 116

काठमाडौं । २०७३ भदौं ३१ गते नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्न पुगेका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको अठोट थियो, मुलुकमा विद्यमान लोडसेडिङ हटाउने ।दैनिक १८ घण्टासम्म हुने गरेको लोडसेडिङ हटाएर ‘उज्यालो नेपाल’ निर्माण गर्ने पहिलो लक्ष्य बोकेर प्राधिकरणको नेतृत्व सम्हालेका कुलमान आफ्नो योजना सफल पूरा गरेर प्राधिकरणबाट बाहिरिएको पाँच महिना भइसकेको छ । तर, आफ्नो बिदाइ हुने बेलासम्म मुलुकमा कहिल्यै लोडसेडिङ नहुने अवस्था सृजना गर्ने बताएका थिए ।

नेतृत्व सम्हालेको केही महिनापछि २०७३ सालको लक्ष्मीपूजाको दिनबाटै लोडसेडिङ अन्त्यको सुरुआत गरेका कुलमानले मुलुकभर बत्ति नजाने अवस्था सृजना गरे, जस कारण आज उनी उज्यालो नेपालका पर्यायवाची बनेका छन्, सबैले उनको सम्मान गर्छन् ।

मुलुकबाट लोडसेडिङ अन्त्य गर्ने कार्यमा कुलमानको मात्रै हात रहेको होइन, प्राधिकरणका समग्र कर्मचारी, तालुक मन्त्रालयका अधिकारी र मन्त्री तथा सिङ्गो राज्य प्रणालीकै सहयोग रहेको स्वयं कुलमानले स्वीकारेका छन् ।

तर, तत्काल लोडसेडिङ अन्त्य नहुने, लोडसेडिङ हटाउन वर्षाैं लाग्ने प्राधिकरणका पूर्वप्रमुखदेखि जलविद्युत विज्ञहरुको भनाइ विपरीत कुलमानले नेतृत्व सम्हाले लगत्तै सदाको लागि अन्धकार हटाएको यथार्थले नेपालीको मन जित्न सफल भयो ।

कुलमानले गर्नुपर्ने धेरै कार्यहरु थिए होलान्, तर १८ घण्टासम्म हुने गरेको लोडसेडिङ हटाउनु नै उनको कार्यकालको सबैभन्दा ठूलो उपलब्धी बन्यो । जस कारण आमजनताको मन जित्दै २०७७ भदौ ३० गते चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घर फर्किए ।

तर, उनको बिदाइसँगै मुलुकमा फेरि लोडसेडिङ हुने शंकाले आममानिसलाई सतायो । उनको पुनर्नियुक्तिको माग राखेर सडकमा प्रदर्शन भयो । सरकारले अब लोडसेडिङ नहुने आश्वासन दिइरह्यो । प्राधिकरण प्रमुख जो भए पनि लोडसेडिङ हुन नसक्ने सरकारको भनाइलाई जनताले पत्याएनन्, किनकि नेपालमा कमिसनखोरीको हालीमुहाली चल्ने आममानिसको बुझाइ रहँदै आएको छ ।

कुलमान प्राधिकरणबाट बाहिरिएसँगै झ्याप्प झ्याप्प बत्ति जान थालेपछि प्राधिकरण र सरकारको कडा आलोचना भइरहेको थियो । लोडसेडिङ गराउनकै लागि कुलमानको पुनर्नियुक्ति नदिइएको टिप्पणी भइरहँदा बिनासूचना बत्ति जान थालेपछि अघोषित लोडसेडिङ हुन थालेको आशंका गरियो । तर, यसलाई प्राधिकरणले खण्डन गर्दै आएको थियो ।पछिल्लो पटक गत पुस १६ गते प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले विज्ञप्ति निकालेर लोडसेडिङ नभएको र भविष्यमा पनि नहुने दाबी गरेका थिए ।

सो विज्ञप्तिको पहिलो बुँदामा लेखिएको थियो, ‘विद्युतका उपभोक्ताहरुको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ । हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था छैन । राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन । तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ र सदैव प्रयासरत छ ।’

प्रतिकृया दिनुहोस्