Sunday, July 25

एक वर्षीय बालकलाई ब्लड क्यान्सर, अभिभावकद्वारा सहयोगको अपील ।

June 26, 2021 211

नवलपरासीका एक वर्षीय ब्लड क्यान्सर पीडित बालकको भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा उपचार भइरहेको छ ।नवलपरासी चोरमारा–६ का २५ वर्षीय सुदर्शन चापकोटा र २२ वर्षीया प्रीति चापकोटाका पहिलो सन्तान १ वर्षीय शाहिल चापकोटालाई विभिन्न किसिमको उपचारपछि ब्लड क्यान्सर भएको पुष्टि भएको हो ।

ब्लड क्यान्सर पुष्टि भएपछि हाल उनको भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा उपचार भइरहेको छ । चापकोटा दम्पतीले आर्थिक अभावका कारण विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोगका लागि अपील गरेका छन् ।ब्लड क्यान्सर पीडित शाहिलको उपचारमा दैनिक करिब २० देखि ३० हजार रुपैयाँसम्म खर्च लाग्ने भएकाले आर्थिक अभाव भएको आमा प्रीति चापकोटाले गुनासो पोखिन् ।

भक्तपुरको नियोलार्ज श्रेष्ठ फाउण्डेशनले आर्थिक समस्या भएका बिरामीका परिवारलाई खाने बस्ने निःशुल्क सुविधाका साथमा नगद सहयोग पनि गरिरहेको छ ।यस संस्थाले उपत्यका बाहिरबाट उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा आएका निम्न बर्ग तथा आर्थिक समस्या भएका बिरामीलाई सहयोग गर्दै आएको संस्थाका सदस्य बबिता श्रेष्ठले बताइन् ।

शाहिल चापकोटाको लागि पनि यस संस्थाले औषधिलगायत आवश्यक खर्च दिइरहेको बताउँदै आर्थिक सहयोगको लागि संस्थाको बैंक खातामा वा पीडित बालकको आमाको बैंक खातामा सहयोग गरिदिन सबैलाई अपील समेत गरेको छ ।जसको लागि कृषि बिकास बैंक दूधपाटी भक्तपुर शाखामा खाता नं.०२१२२०१७८०८४५०१० मा सहयोग गर्न सकिने छ । त्यस्तै, सहयोगका लागि प्रीति कुमाल (पीडित बच्चाको आमा)लाई सीधा ९८६७—१९८४१३ मा सम्पर्क समेत गर्नसकिनेछ ।

प्रतिकृया दिनुहोस्