Monday, October 25

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खोल्ने बिषयमा यस्तो निर्णय हुने

June 27, 2021 242

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।

निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय नभैसकेको ललितपुरका सिडियोले बताए ।

नेपाल प्रेसका अनुसार ‘सार्वजनिक यातायात खुलाउन हामीलाई दिनहुँ यातायात व्यवसायीको डेलिगेसन आइरहेको छ’ उनले भने, ‘तत्काल खुला गर्ने हाम्रो योजना छैन तर, एकदुई दिनको संक्रमण दर हेरेर निर्णय लिन्छौं ।’ निषेधाज्ञा खुकुलो भएको समयमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले अझै कडाइ पनि गर्नुपर्ने हुनसक्ने उनले जनाए ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले पनि सार्वजनिक यातायात खुलाउन आफूहरु सकारात्मक रहेपनि हतार नगर्ने बताए । ‘स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर यसबारे निर्णय हुन्छ तर, तत्काल खोलिहाल्ने हाम्रो तयारी छैन’ पराजुलीले भने । अहिलेको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म कायमै छ ।
सल्यानको दर्माकोट गाउँपालिकामा एक जना ३० वर्षीया महिलाको शव फेला पर्यो । उनको परिवारले घटना रहस्यमयी भन्दै घटनाको अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । बगाउनै नसक्ने खोलामा महिलाको शव फेला परेपछि उनको मृत्युमा अरु कसैको हात भएको हुनसक्ने परिवारका सदस्यको भनाई छ । अन्तै घटना गराएर खोलामा ल्याएर फालिएको हुनसक्ने परिवारको भनाई छ ।

महिलाका भित्री वस्त्र पनि फेला परेका छैनन् । घटना हुनुभन्दा केही बेर अघि एउटा पसलमा उनले चाउचाउ र विस्कुट किनेकी थिइन् । उनले सामान किनेको पसलवाट उनको घर पुग्न ५ मिनेटको दुरीमा छ । उनले लगाएका सुनका गहना पनि छैनन्, उनले साथमा लिएको नागरिकता पनि फेला नपरेको परिवारका सदस्यको भनाई छ । उनी घर नजिकैको खोलामा मृत फेला परेकी थिइन् ।

उनलाई खोलाले बगाएको प्रारम्भिक कुरा वाहिर आएको थियो । तर उनले लगाएका गहना नभेटिनु, भि त्री व स्त्र समेत नभेटिनुले घटना रहस्यमयी भएको आफन्तको भनाई छ । जुन खोला किनारमा महिला फेला परेकी थिइन् त्यो खोलामा त्यती धेरै पानी समेत नभएको परिवारका सदस्यको भनाई छ । अहिले सम्म त्यो खोलाले कसैलाई बगाएको थाहा छैन, आमाले भनिन्, खोलाले मेरो छोरीलाई बगाएको होइन ।

घटना अन्तै भएको हो । घटना लुकाउन खोलामा ल्याएर शव राखिदिएको हुनसक्ने आमाबुवाको भनाई छ । घटना हुनुभन्दा अघिल्लो दिन एक जना साथीले मेरो पैसा ल्याइदे भनेपछि उनले ६० हजार रुपैया ल्याएर जिम्मा लगाइदिएकी थिइन् । त्यो बाहेक अन्य आर्थिक कारोवार समेत भएको कुनै जानकारी नभएको परिवारका सदस्यको भनाई छ ।

प्रतिकृया दिनुहोस्