Saturday, April 17

सोच्नै नसक्ने गरि एकासी ह्वात्तै घट्यो खाना पकाउने ग्यासको भाउ

January 19, 2021 128

लामो समय पछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजे दखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घट ाएको हो।लामो समय पछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजे दखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो।उद्योग, वाणिज्य

तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घट ाएको हो।यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्। यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ।

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् ।निर्वाचनलाई

स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्याङ्कन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्बद्ध निकायसँग समन्वय गर्दै आएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्