बाँके धम्बोजीका ४९ वर्षीय पुरूषको होम आइसोलेसनमा उपचाररत एक मृत्यु

January 19, 2021 118

बाँकेमा होम आइसोलेसनमा उपचाररत एक ४९ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ४९ वर्षीय संक्रमित पुरूषको भेरी अस्पताल नेपालगञ्जमा मंगलबार बिहान ६:१० बजे उपचारका क्रममा मृत्यु भएको छ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार होम आइसोलेसनमा उपचाररत ती व्यक्ति मंगलबार बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल लगेको केही बेरमै उनको मृत्यु भएको हो। ती व्यक्तिलाई पिसिआर परीक्षणका क्रममा पुस २८ गते संक्रमण पुष्टि भएको थियो।

त्यसपछि उनी होमआइसोलेसनमा बसेका थिए। पारिवारिक स्रोतका अनुसार बेहोस हुनुभन्दा पहिलासम्म उनको अवस्था सामान्य थियो। योसँगै बाँके जिल्लामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ। त्यस्तै बाँके बाहेकका बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका थप ८४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट १ सय ३५ जनाको मृत्यु भइसकेको फोकल पर्सन वलीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्