Friday, April 16

विबाह गरेको छोटो समयमा नै नेहा र रोहनप्रितबिच सुरु भयो लफडा

January 19, 2021 171

एजेन्सी । रोहनप्रीत सिंह र नेहा कक्करको जोडी फ्यानको मनपर्ने मध्य एक हो । यी दुईको प्रेम कहानी धेरै राम्रो छ र विवाह पछि, ती दुबैको चर्चा बढी भएको छ । बे नेहा कक्कड़लाई रोहनप्रीतले न शा को तालमा विवाहको प्रस्ताव राखेका थिए । , हास्य अभिनेता कपिल शर्माको कार्यक्रममा नेहा कक्कड़ आफैले यो कुराको खुलासा गरेकी छन् ।

नेहाले बताइन् कि उनले रोहनप्रीतलाई नेहू दा व्याह गीतमा भेटेका थिए। गीतको काम पछि रोहनप्रीतले नेहालाई उनको स्नैपचट आईडी मागेका थिए । त्यस पछि दुबैको कुराकानी सुरु भयो।

नेहाका अनुसार उनले शुरुमा नै विवाह गर्न चाहेको कुरा स्पष्ट पारिदिएकी थिइन, किनभने उनलाई लाग्यो कि उनी अब विवाह गरेर सेटल हुन चाहन्थिन् । तर रोहनले उनलाई भनेका थिए उनी जम्मा २५ वर्षका मात्र छन् त्यसैले विवाहको लागि तयार छैन।

रोहनप्रीतले यस्तो भनेपछि नेहाले उहाँसँग कुरा गर्न छोडिदिइन् । तर एक दिन रोहनप्रीतले उनलाई सन्देश पठाए कि नेहू, म तिमी बिना बाँच्न सक्दिन। विवाह गरौं। नेहाका अनुसार उनी यस कुरामा विश्वास गरिनन् । किनकी उनले बि यर खाएका थिए ।

भोलिपल्ट नेहा कक्कड़ एक गीतको कामका लागि चंडीगढ़ गइन् र रोहनप्रीत उनको होटलमा आए । उनलाई होटलमै भेटे । त्यसपछि रोहनप्रीतले उनलाई सोधे हिँजो मैले भनेको कुरा तिमीलाई याद छ रु नेहा छक्क परिन् । उनले अनि नेहाले आमासंग रोहनको भेट गराइदिइन् ।

नेहाले अर्को कुराको पनि खुलासा गरेकी छन् । नेहाले रोहनप्रीतलाई उनको पूर्व प्रेमिकालाई सोशल मिडियामा अनफलो गर्न भनिन्, त्यसपछि रोहनले त्यो पी डा भुल्न गीत बनाए। नेहाले भनिन, मैले उनलाई पूर्व प्रेमिकासंग अनफलो गर भनेँ उनले गीत बनाए ।

यो पनि पढ्नुहोस्
केपी र प्रचण्ड – नेपालको यस्तो चर्तिकला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्। ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ। नेपाल–दाहाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ।

तानातानको होड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो पक्षमा ल्याएको छ। दाहाल–नेपाल समूहले विगतमा जिम्मेवारी नपाएका नेताकार्यकर्तालाई जिम्मेवारी दिएर ओली खेमामा जानबाट रोक्ने रणनीति लिएको छ। ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले नेपाल–दाहाल समूहमा लागेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

नेपाल–दाहाल समूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्वमाओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको सहयोगमा पूर्वमाओवादी र पूर्वलडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ। ओली समूहले पूर्वमाओवादीका नेताकार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने रणनीति बनाएको छ। ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ।

प्रतिकृया दिनुहोस्