Wednesday, August 10

जोखिम लिन पटक्कै डराउँदैनन् यी राशिका व्यक्ति, हुन्छन् बलवान र निडर

June 28, 2021 349

काठमाडौँ । ज्योतिष शास्त्र अनुसार १२ राशिमध्ये केहि राशिहरु यस्ता हुन्छन् जो जोखिमबाट पछि हट्दैनन्। भनिन्छ कि यी तीन राशि भएका मानिसहरु केहि गरेपनि हार मान्दैनन्।

यिनीहरुलाई हार्न मन पर्दैन र जुनसुकै काममा जति नै रिस्क होस् तर त्यसलाई पूरा गरेरै छोड्छन् । यिनीहरुलाई यस्तो ठाउँमा जान मनपर्छ जहाँ मानिसहरु जानको लागि सोच्न समेत सक्दैनन्।

यी हुन् ती तीन राशिः

१) मेष राशिः
मेष राशि भएका मानिसहरु जीवनमा नयाँ उर्जाले भरिपूर्ण भएका हुन्छन् । यिनीहरू छिटो आवेगमा आउने र आत्मकेन्द्रित हुन्छन् ।राशिचक्र को पहिलो राशि हुनुका साथै यिनीहरु निडर र साहसी हुन्छन्।

यिनीहरु आफ्नो जीवन आफ्नै सर्तअनुसार जिउन चाहन्छन्। यिनीहरु नयाँ नयाँ लक्ष्य बनाउँछन् र त्यसलाई पूरा गर्नमा विश्वस्त हुन्छन्।

२) वृष राशिः
वृष राशि भएकाहरु हरेक कामलाई सोचविचार गरेर मात्र गर्छन् । तर कहिलेकाहिँ यिनीहरु सोचेसम्झे विनानै जे पनि गर्दिन्छन्। यिनीहरुलाई कहिले पनि जोखिमको डर हुँदैन।

यसको प्रतिक साँढे हो र यो राशिचक्र को दोस्रो स्थानमा पर्दछ। यिनीहरु आफू जेमा विस्वास गर्छन् त्यसैलाई मान्ने गर्छन्।

३) मिथुन राशिः
मिथुन राशि हुनेहरुको दिमाग एकदमै छिटो चल्ने हुन्छ र यिनीहरुको सोचाइ कहिल्यै पनि रोकिँदैन। यिनीहरु घुमफिर गर्न धेरै नै रुचाउँछन्।

यिनीहरु आफ्नो पार्टनरसँग घुम्न धेरै नै मन पराउँछन् र घुम्नको लागि कुनै पनि रिस्क लिन तयार हुन्छन्।

प्रतिकृया दिनुहोस्