Sunday, July 25

अरुको दुखमा मल्हम लगाउनेमाथी नै सरकारको दमन, पल शाहले गरे रिहाईको माग

June 28, 2021 109

अभिनेता पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरुलाई चाँडो भन्दा चाँडो रिहाइको माग गरेका छन् । पल शाहले सोसल मिडिया फेसबुकमार्फत् पक्राउ परेका हाम्रो टिम नेपालका विमल पन्तलगायतका अभियन्ताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।

सोमबार काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरस्थित सरकारी जग्गा खाली गराउने क्रममा विमल पन्तलगायत अभियन्ताहरु पक्राउ परेका हुन् ।

पल शाहले लेखेका छन्, ‘कोरोना माहामारीको बेला निःशूल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भूकम्प, बाढी, पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’माथि आज सरकारले दमन गरेको छ । पक्राउ पर्नुभएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस !’

अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ ।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।Source dtheeonline.co

प्रतिकृया दिनुहोस्