यीनै हुन आज विहान झापामा टिपरको ठक्करबाट मृत्यु हुने १८ वर्षीया अन्सु शिवाकोटी

January 20, 2021 210

मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपर’को ठ’क्करबाट बुधबार बिहान एक पैदल यात्री’को मृ’त्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले पैदल यात्री’लाई ‘ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटी’को मृ’त्यु भए’को जि’ल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शिवाकोटीको टा’उकोमा ग’म्भीर चो’ट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्र’ममा मृ’त्यु भ’एको थापाले बताए। ।

शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चो’ट लागेको छ। ठक्क’र दि’ने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।काठमाडौँ, ७ माघः वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताउनुहुन्छ । उहाँका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन/तीन लाख जरिवाना गरिएको हो ।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर रु ४० र भटमासको तेल लिटरमा रु २० भन्दा बढीले मूल्य बढाइएको छ ।

अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ । मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् ।

प्रतिकृया दिनुहोस्