Sunday, December 5

देशभरका सार्वजनिक यातायात कहिले देखि चलाउन पाईने ?

June 30, 2021 276

यातायात व्यवासायी र मजदूरसम्वद्ध संघसंगठनले असार १८ बाट देशभरका सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड अपनाई यातायात सञ्चालन गरिने जानकारी गराएका हुन् ।

देशभरका सार्वजनिक यातायात सञ्चालनको अनुमती र भाडा समायोजनको माग प्रस्तुत गर्दै पूरा नभए १८ असारबाटै देशभरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत् भनेका हुन् । विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले हस्ताक्षर गरेका छन् ।

सरकारले आज सुचना जारी गरी काठमाडौं उपत्यकाभित्र असार १५ बाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन मात्रै जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेपछि यातायात व्यवसायी र मजदूरहरुको चेतावनसहितको विज्ञप्ति आएको हो ।

काठमाडौं । देशैभरि पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७४८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १७ सय २८ जना र ४ हजार ४८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा भाइरस संक्रमितको कुल संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख २१ हजार ३७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

 

 

प्रतिकृया दिनुहोस्