Sunday, July 25

अष्ट्रेलियामा नर्सिङ पेसामा जागिर – तलब कति हुन्छ ? – थाहा पाइराखौ !

June 30, 2021 185

अष्ट्रेलिया : स्वास्थ्य सेवा अन्तर्गत रहेर बिरामीको हेरचाह र उपचारमा नर्सले महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने हुँदा यस पेशाको माग दिन प्रति दिन बढ्दो छ।
सन् २०२० मा अष्ट्रेलियामा नर्सिङ्ग विषय सम्बन्धि अध्ययन गर्ने विद्यार्थीले स्वास्थ्य सेवाका उत्कृष्ट दश जागिरहरु मध्ये छ जागिर पाउन सफल भएका छन्।

नर्सिङ पेसामा आबद्ध व्यक्तिले अष्ट्रेलियामा औसत वार्षिक ७५,७०० अष्ट्रेलियन डलर आर्जन गर्न सक्छ। आउँदो पाँच वर्षमा नर्सिङ पेसाको माग ७.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

अष्ट्रेलियामा नर्सको योग्यता ,काम सम्बन्धि अनुभव साथै सम्बन्धित काममा विशेष दक्षता ( स्पेसलाइजेसन ) का आधारमा तलब तोकिएको हुन्छ।

पेस्केलका अनुसार, यस्तो छ अष्ट्रेलियामा नर्सको औसत वार्षिक तलब :

१ – अक्युट केयर नर्स – ७६,८०० देखि ८०,००० अष्ट्रेलियन डलर
२ – क्रिटिकल केयर नर्सिङ्ग – ७८,८०० देखि ८५,५०० अष्ट्रेलियन डलर

३ – नर्सिङ्ग असिस्टेन्ट – ६८,९०० देखि ७५,५०० अष्ट्रेलियन डलर
४ – निओनेटल नर्स प्राक्टिसनर – ८२,१०० देखि ८८,९०० अष्ट्रेलियन डलर

५ – नर्स मिडवाइफ़ – ८८,४०० देखि ९५,००० अष्ट्रेलियन डलर
६ – मेन्टल हेल्थ नर्स – ६८,९०० देखि ७५,५०० अष्ट्रेलियन डलर

७ – हेड नर्स – ७८,३०० देखि ८५,५०० अष्ट्रेलियन डलर
८ – नर्सिङ्ग सुपरभाइजर – ८७,६०० देखि ९५,००० अष्ट्रेलियन डलर

९ – सैकाट्रिक (मनोचिकित्सक) नर्स – ७६,३०० देखि ८०,००० अष्ट्रेलियन डलर
१० – नर्सिङ्ग कोअर्डिनेटर – ८३,३०० देखि ८८,९०० अष्ट्रेलियन डलर
११- नर्स प्राक्टिसनर – ७६,४०० देखि ८०,००० अष्ट्रेलियन डलर

यो पनि पढ्नुहोस ! अष्ट्रेलियामा जागिरको लागि अन्तर्वार्ता दिन जाँदा ध्यान दिनुहोस् यस्ता महत्त्वपूर्ण कुराहरू

अष्ट्रेलिया । अस्ट्रेलियामा विदेशी विद्यार्थीहरूको बढ्दो सङ्ख्या सँगै काम पाउन चुनौतीपूर्ण हुँदै गइरहेको छ । तर, केही कुराहरूमा ध्यान पुर्‍याउन सक्ने र अपडेट रहनेहरूको लागि भने केही सहज छ ।

काम पाउनको लागि प्रभाव पार्ने एउटा चरण हो अन्तर्वार्ता । जागिरको लागि अन्तर्वार्तामा जाँदा केही विशेष कुराहरूमा ध्यान पुर्‍याउनु जरुरी छ :

– अन्तर्वार्ताको लागि पूर्व तयारि गर्नुपर्छ । हडबढीमा अन्तर्वार्ता दिन जानु हुँदैन ।
– आफू अन्तर्वार्ता दिन जाने कम्पनीको बारेमा राम्रोसंग अध्ययन गर्नुपर्छ ।

– अन्तर्वार्ता दिने ठाउँमा प्रवेश गरिसकेपछि आफ्नो शारीरिक हाउभाउलाई ध्यान दिनुपर्छ । तपाईँको बोली जत्तिकै शारीरिक हाउभाउले पनि प्रभाव पार्छ।

यस अन्तर्गत ‘आइ कन्ट्याक्ट’ गर्नुपर्छ तर घुरेर हेर्ने होइन, मुस्कुराउनुपर्छ, हात अथवा खुट्टा क्रस गरेर बस्नु हुँदैन, सिधा बस्नुपर्छ, हात मिलाउँदा एकदमै कमजोर अथवा बढी आत्मविश्वासी तवरले मिलाउनु हुँदैन ।

– आफूले कुन पदमा रहेरा काम गर्नको लागि अन्तर्वार्ता दिने हो र त्यो पदको जिम्मेवारी के हो भन्ने पहिले नै राम्रोसंग बुझेर, अध्ययन गरेर जानुपर्छ।
– अन्तर्वार्ता दिईसकेपछि अन्तर्वार्ता लिने व्यक्ति वा समूहलाई धन्यवाद भन्न बिर्सनु हुँदैन ।

प्रतिकृया दिनुहोस्