मौसमविद्ले सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागले मंगलबार (आज) बिहान विशेष मनसुन बुलेटिन–३ जारी गर्दै बुधबारदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने जानकारी दिएको हो।
जसका कारण प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी (ठूलो) तथा निकै ठूलो (धेरै भारी) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
‘उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ।
देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति कास्की, तनहुँ र भैरहवामा सबैभन्दा ठूलो पानी परेको थियो । सबैभन्दा धेरै पोखरामा गएराति १ सय ३२ मिलीमिटर वर्षा भएको छ भने लमजुङको घोरेढुङ्गा र छिटीमा ८२ मिलीमिटरसम्म पानी परेको छ ।
यस्तै तनहुँ, भैरहवा विमानस्थललगायत आसपासका क्षेत्रमा ५० मिलीमिटरभन्दा धेरै पानी परेको छ । अहिले त्यस क्षेत्रमा पानी पर्न रोकिएको छ । तर, दिउँसोपछि फेरि पानी पर्ने प्रणाली सक्रिय हुन थालेकाले नदी तथा खोला आसपास क्षेत्रका मानिसहरु सजग हुनुपर्ने मौसमविद् निराजन सापकोटाले बताएका छन्।
गएराति ठूलो पानी परेकोले मर्स्याङ्दी नदीको बहाव बढिरहेको छ ।भोलिदेखि १९ गतेसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोशी, नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश-१, प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्