Sunday, April 11

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप को लाउछन त पहिलो खोप नेपालमा हेर्नुहोस

January 21, 2021 96

काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ । खोप लिएर आएको एयर इण्डियाको जहाज बिहान ११:५३ मा अवतरण गरेको थियो । कोरोना खोपको निगरानीका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुगेका थिए ।

सो खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्तीि केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ ।खोप शाखा प्रमुख एवं खोपविज्ञ डा.झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई उपत्यकासहित विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा कोल्डस्टोर राखिनेछ । तिनै कोल्डस्टोरमा पुगेका खोप जिल्ला जिल्लामा पठाइने तयारी भएको छ ।भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ। खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिए

स्वास्थ्य मन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुनेछ। सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।
यस्तो संख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्यांक छ । अनुदानमा आएको यो खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाइ सकेको छ । नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरू बताउँछन्।

सरकारले कोरोनाको खोप सबैलाई नि:शुल्क उपलब्ध गराउँछ- अर्थमन्त्री पौडेलअर्थमन्त्री विष्णु पौडेलले कोरोनाको खोप सरकारले नि:शुल्क उपलब्ध गराउने बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई कोरोनाको खोप नि:शुल्क गराउने बताएका हुन् ।उनले भने, ‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ। सरकारले कोरोनाको खोप नि:शुल्क उपलब्ध गराउँछ । निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध ल्याउँछ।’कार्यक्रममा उनले मुलुक निर्वाचनमा गइसकेको पनि बताए। ‘मुलुक निर्वाचनमा गइसक्यो, वैशाख १७ र २७ मा निर्वाचन हुन्छ। प्रधानमन्त्री नेतृत्वको नेकपाले नै निर्वाचनमा बहुमत ल्याउँछ’ उनले भने, ‘सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको कारणले प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो।

प्रतिकृया दिनुहोस्