Saturday, October 16

अचानक फेरि आयो यस्तो खबर, पुजाले भनिन आकाश सँगको सम्बन्ध तोड़ियो (भिडियो सहित)

June 30, 2021 253

नायीका पुजा शर्माले नायक आकाश श्रेष्ठको ब्यवहारले आफुलाई निकै चित्त दुखेको बताएकी छन् । आफुलाई हरेक पटक दु ब्र्य वहार गरेका चलचित्र पत्रकार प्रकाश सुवेदीसंग मिलेर आकास मेलम्चीका बाढी पीडितहरुका लागि राहत दिन पुगेका थिए । आकास र पुजाको फ्यानहरुले बनाईदिएको उनीहरुको जोडीको नाम छ । जसलाई पुआ जोडी भनिन्छ । आकासले पुजाले आफ्नो विरोधी मान्ने प्रकाशसंग हात मात्र मिलाएनन् आफ्नो कुनै समुह समेत नभएको बताए ।

पुजाले प्रकाशसंग मिलेर आकास राहतका लागि गएको कुरा आफुले सामाजिक सञ्जालमा फोटो हेरेर थाहा पाएको बताइन् । ऋषी धमलाको टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका लागि पुगेकी पुजाले आकासलाई प्रकाशको कार्यक्रममा गएको थाहा पाएर आफु स्तब्ध भएको बताइन् । म भएको भए एक पटक आफ्नो मिल्ने साथीलाई त्यसरी अपमानित गरेको मान्छेले बोलाउँदा फोन गरेर सोध्थे हुँला, तर आकासले त्यसो गरेनन्, पुजाले भनिन्, पुजासंग पो सम्बन्ध विग्रिएको मलाई त के गरेका छन् र ? भन्ने आकासलाई लाग्यो होला त्यही भएर गए ।

पूजाले दिएको अन्तरबार्ता

पुजा पनि सिन्धुपाल्चोका बाढी पीडितका लागि सहयोग लिएर गएकी थिइन् । हुन त उनका निकै मिल्ने साथी तथा नायक आकाश श्रेष्ठ पनि सिन्धुपाल्चोक सहयोग गर्न पुगेका थिए । तर उनीहरु संगै भने गएनन् । पुजा शर्माका बारेमा अनेक कुरा बाहिर ल्याएर आलोचना गर्ने पत्रकार प्रकाश सुवेदीको अभियानमा सहभागी भएर आकास सहयोगका लागि पुगेका थिए । आकास इकुले संचालन गरेको असहाय बालकालिकाको आश्रय स्थलमा पनि सहयोग लिएर प्रकाससंगै पुगेका थिए ।

प्रकास सुवेदी उनै चलचित्र पत्रकार हुन् जसले पुजालाई दाह्रा निस्केकी नायीका भनेर टेलिभिजन कार्यक्रममै आलोचना गरेका थिए । कार्यक्रममा अन्तरवार्ताका लागि बोलाउँदा नआएको भनेर प्रकाशले त्यस्तो टिप्पणी गरेका थिए । त्यो भन्दा पहिला प्रकाशकै कार्यक्रममा सहभागी हुन पुगेकी पुजालाई राजनीतिक प्रश्न सोधेर विवादित बनाएका थिए ।

प्रतिकृया दिनुहोस्