Thursday, December 2

भाइरल तस्बिरका युवा-युवती को हुन् ? उनीहरूले खोले त्यो दिनको बास्ताविकता !

June 30, 2021 289

नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् ।

धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन ।

तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् ।source पत्रकार तथा युट्युवर सन्तोष देउजाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफु विरामी भएको र रोगसँग केहि गर्न नसकिने रैछ भनेर सेयर गरेका छन्।

चितवनमा रहेको चितवन मेडिकल कलेजमा भर्ना भएका छन्। उनको सल्यक्रियाको लागि भर्ना भएको र छिट्टै सन्चो भएर आउने बताएका छन्। हेर्नुहोस उनले फेसबुकमा यस्तो सेयर गरेका थिए :

अन्ततः रोगसंग मेरो केहि लागेन। शल्यक्रियाका लागी चितवन स्थित CMC(चितवन मेडिकल कलेज) मा भर्ना भएको छु। आत्मबल उच्च छ। म चाडै उठ्नेछु। किनकी हजुरहरुको माया र आर्शिवाद मसंग छ।

यो पनि पढ्नुहोस्

काठमाडौं। नेकपा एमालेको पुरानै कमिटी सक्रिय भएको छ । आजबाट महाधिवेशन आयोजक कमिटी खारेजीको निर्णय भएसँगै पुरानो कमिटी सक्रिय भएको हो । नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताइसकिएको छ । निर्वाचित कमिटीमा ८ जना स्थायी कमिटी सदस्य थपिएका छन् । जसमध्ये माधव नेपाल समूहका वेदुराम भुसाल र रघुजी पन्त पनि हुन् ।

भुसाल र पन्त माधव नेपालका विश्वासपात्र हुन् । नवौं महाधिवेशनमा पन्त उपमहासचिवमा र भुसाल सचिवमा पराजित भएका थिए ।नेपालका विश्वासपात्रलाई स्थायी कमिटीमा ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर रघुवीर महासेठ र विष्णु रिमाललाई पनि ल्याएका छन् । नवौं महाधिवेशनमा महासेठ र रिमाल दुवैजना सचिव पदमा पराजित भएका थिए ।

ओलीले नेपाल खेमाका समेतलाई स्थायी कमिटीमा मनोनित गरेर एकताका लागि दबाब बढाएका छन् । छुट्टै दल खोल्न ठिक्क परेका माधव नेपाललाई यो निर्णयले नैतिक संकटमा पारेको छ । अब उनले कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ ।

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । उनीहरु पूर्वमाओवादी हुन् । पूर्वमाओवादीलाई स्थायी कमिटीमा ल्याएपछि माधव नेपाल खेमाले असन्तुष्टि जनाएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्