Thursday, April 22

भुवन केसीका काका, गायक धुव्र केसीको ७५ वर्षको उमेरमा निधन

January 22, 2021 110

ललितपुरको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा बिहीबार साँझ उनको निधन भएको हो ।

केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

उनका ’मायालु हजार हुन्छन’, ’नरोउ नरोउ साइली’, ’अरु कालो रेलको धुँवाले’, ’तिम्रो माया कागजको’, ’सबैले भन्छन्’, ’नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ’बगी जाने खोला’ लगायतका गीत चर्चित छन्।

उनका तीन छोरी छन्। केसीको बिहीबार साँझ पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनी नायक भुवन केसीका काका हुन्। गायक धुव्र केसीको बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचार गराउँदै आएका केसीको अपराह्न ४:४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

गायकका भान्जा प्रविण निरौलाका अनुसार पछिल्लो १० वर्षदेखि पार्किन्सन्सको समस्या थियो। पछिल्ल्लो एक महिनादेखि उनलाई ‘सिजर’हुने समस्या थियो।

पछिल्लो ३ वर्षदेखि उहाँलाई भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा राखेर स्याहार गरिँदै आएको थियो।

गायक केसीले ‘मायालु हजार हुन्छन्, बगीजाने खोला, सबले भन्छन्, तिम्रो माया कागजको र अभिनेता भुवन केसीसँग ‘अरु कालो रेलको धुँवाले’ गीत गाएका छन्। ७६ वर्षका केसीको जन्म २००१ मंसिर १ मा भएको थियो।

गायक केसी अभिनेता भुवन केसीका काका हुन्। नेपालमा गायनमा नाम कमाएका केसी केही समय भारतमा अभिनयको लागि संघर्ष गर्न गएका थिए

प्रतिकृया दिनुहोस्