Thursday, December 2

मेलम्चीमा फेरी खतरा मडारियो, महाशाखाले जारी गर्यो यस्तो सूचना

July 1, 2021 165

काठमाडौ । केही दिनअघि मात्र भीषण बाढीले तहसनहस पारेको सिन्धुपाल्चोकस्थित मेलम्ची बजार आज फेरि बाढीको जोखिममा परेको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ७ बजे जारी गरेको सूचनाअनुासर सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ।

‘थप वर्षा हुने सम्भावना, मेलम्ची बजारलगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेका कारण स्थानिय फेरी त्र सित छन् । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्र सित बनाएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए । “खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने ।

प्रतिकृया दिनुहोस्