Sunday, April 11

भोलि १७ वटा नेपालीको श’व मलेसियादेखि नेपाल ल्या’इने

January 22, 2021 119

काठमाडौँ । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा श’व नेपाल ल्याउने भएको छ । त्यसका लागि वाइडबडी जहाज ए ३३० आज राती ११ बजे क्वालालाम्पुर उड्ने छ । काठमाडौंबाट क्वालालाम्पुर जाने क्रममा भने १२ जना यात्रु मात्र रहनेछन्।

जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवत’रण गर्ने कार्यक्रम रहेको छ । मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हारा’हारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् ।

यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भ​एपनि मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने श’वहरु उतै अड्कि’एका थिए ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्या’न गुमा’एका नेपालीहरुको श’व ल्याउन लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

‘मलेसियामा अड्किएका श’व नेपाल ल्याउनकै लागि हामी वाइडबडी जहाज पठाउँदैछौं,उनले भनिन्,राष्ट्रिय ध्वजाबाहक वायुसेवाका रुपमा यो हामीले गर्ने समाजसेवाको एक अंशका रुपमा लिएका छौं ।

विदेशमा सम’स्यामा परेका नेपाली होस वा ज्या’न गुमा’एका नेपालीहरुको श’व ल्याउने क्रममा ध्वजबाहक कम्पनीका रुपमा नेपाल एयरलाइन्सले उडान गर्ने गरेको छ ​

प्रतिकृया दिनुहोस्