Sunday, April 11

केहि दिन अघि पत्थरीको अप्रेसन पछी मृ,त्यु भएकी दीपा राईको गरियो आज पोष्टमार्टम र अन्त्येष्टी

January 22, 2021 161

काठमाडौं । विजयपुर हस्पिटल र मृतक पक्षबीच सहमति भएपछि इटहरीकी दीपा राईको मृत्यु भएको ४ दिनपछि आज शवको पोष्टमार्टम भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा मृतक राईको शवको आज पोष्टमार्टम भएको हो । पोष्टमार्टम भइसकेको र उनको अन्तिम दाह सँस्कार गर्ने तयारी भइरहेको मृतक पक्षका के.के.राईले जानकारी दिए । उनले भने,‘पोष्टमार्टम भइसक्यो, अब तरहरा पानीपियामा अन्त्येष्टी हुन्छ ।’ राईको शवलाई जातीय सँस्कार अनुसार पानीपिया क्षेत्रमा गा’डिनेछ ।

पित्तथैलीमा पत्थरी भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको धरान १० स्थित विजयपुर हस्पिटलमा अप्रेसन भएको थियो । अप्रेसन पछि थप उपचारको क्रममा रहेकी उनको मृत्यु भएपछि मृतक परिवारले डाक्टरविरुद्ध प्रहरीमा जाहेरी दर्ता दिएका थियो। अप्रेसन पछि नै निरन्तर पेटभित्र रक्तस्राव भएको र उनको शल्यक्रियामै लापरवाही भएको भन्दै मृतकका श्रीमान राजेन्द्र राईले डाक्टरविरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिएका हुन् । विजयपुर हस्पिटलका डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध आएको जाहेरी ईलाका प्रहरी कार्यालय धरानले दर्ता गरिएको जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतले डाक्टरले लापरवाही गरेकोले मृत्यु भएको भन्ने जाहेरी आएको र दर्ता गरिएको बताए ।

मृतक राईलाई न्याय दिलाउनुपर्ने भन्दै हिजो मृतक पक्षले हस्पिटल अघि सडकमा दिनभर जसो धर्ना दिएका थिए । उनीहरुले दिउँसो करिब १ बजेदेखि ५ बजेसम्म पुतलीलाइन सडक अवरुद्ध पारेका थिए । हस्पिटल प्रशासन र मृतक पक्षबीच हिजो नै समझदारी बनेको थियो । उक्त समझदारीलाई आज अन्तिम रुप दिइएको केके राईले जानकारी दिए । आज इटहरी वडा नं २० का अध्यक्ष मणीराम श्रेष्ठ, किरात राई यायोक्खाका प्रतिनिधि, मृतकको परिवारका सदस्यहरुको उपस्थितिमा सहमति भएको हो । तर, सहमति लिखित भने नगरिएको राईले जानकारी दिए ।

सहमति अनुसार मृतक राईको १५ महिनाको छोरीलाई स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी हस्पिटलले लिनेछ भने हस्पिटल रहेसम्म स्वास्थ्य उपचार पनि दिनेछ । मृतकका श्रीमान्ले अप्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिसकेको कारण सहमति लिखित नभएको हो । हस्पिटल सञ्चालकले मानवीयता पक्षलाई हेरेर छोरीको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने सहमति जनाएको बताइएको छ

प्रतिकृया दिनुहोस्