Sunday, July 25

रातिदेखि नै निरन्तर वर्षाका कारण काठमाडौंमा पनि देखियो यस्तो बि’जोग !

July 1, 2021 278

बुधबारदेखि लगातार परेको वर्षाका कारण धेरैजसो नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेसँगै स्थानीय प्रशासनहरुले आसपासका बासिन्दालाई सर्तक रहन सूचित गरिरहेका छन् । यसैबीच काठमाडौं उपत्यका भएर बग्ने वागमती नदीमा पनि पानीको सतह निकै बढ्न पुगेको छ ।

वागमतीमा पानीको सतह बढेसँगै नदी आसपासका बासिन्दामा चिन्ता थपिएको छ ।वागमती नदी आसपासमा अव्यवस्थित बस्ती बस्दा प्रत्येक वर्ष बागमतीको पानी घर वस्तीमा पस्ने गरेपनि यो बर्ष भने पसिसकेको छैन ।

यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ ।

महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरियोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो ।

महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ ।

भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पु¥याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार गएका वर्षहरुमा धोबीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुसी नदीबाट सामाखुसी क्षेत्रमा बाढीजन्य समस्या रहेको र अहिले त्यो समस्या फेरी नआओस् भनेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

सामाखुसीलगायत नदी क्षेत्रको सफाइ र सम्भावित जोखिमका लागि काम भइरहेको प्रवक्ता डङ्गोलले बताए । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भर्याङ, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ । सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्