काठमाडौँ । हिन्दू धर्मअनुसार धनकी देवी लक्ष्मीलाई खुसी पार्नका लागि उनको पूजा अर्चना गर्ने गरिन्छ। जसबाट प्रसन्न भएर लक्ष्मीले आफ्ना भक्तजनहरुलाई धनसम्पत्ति दिने धार्मिक विश्वास छ ।
भन्ने गरिन्छ, जोसँग लक्ष्मी माता प्रसन्न हुन्नन्, त्यो व्यक्तिले सँधै सम्पत्तिको अभावको सामना गर्नुपर्दछ । केही यस्ता मान्यताहरु रहेका छन्, जुन रात या साँझको बेला गर्दा लक्ष्मी माता रिसाउँछिन् । त्यसकारण हामीले यस्ता काम गर्नुहुन्न । आउनुहोस् जानौँ, के के हुन् ती काम ?
१) यस्तो भन्ने गरिन्छ कि साँझको बेला रुपैयाँ, दूध या दही अरुलाई दिनु हुँदैन । यसलाई ध्यान दिनुपर्छ कि तपाईं बाहिरबाट यी चिज ल्याउन सक्नुहुन्छ । तर, घरबाहिर कसैलाई दिन सक्नुहुन्न । यस्तो गर्दा लक्ष्मी रिसाउँछिन् ।
२) जुत तरिकाले बिहानै पूजा गर्नु पहिले सरसफाई गर्ने गरिन्छ, त्यसैगरि घरमा साँझ पनि सरसफाई गर्नुहोस्। साँझ सूर्यास्त हुनुपहिले नै घरमा कुचो लगाउनु पर्छ। खासगरी मुख्य ढोकाअगाडि फोहोर चिजहरु राख्नु हुँदैन ।
३) साँझ भान्साकोठा सफाइ गरिसकेपछि मात्रै सुत्नु पर्दछ। राती घरमा जुठा भाँडाहरु राख्नु हुँदैन।
४) माता लक्ष्मीकै कृपाले हामीलाई अन्न मिल्छ। त्यसकारण कहिल्यै पनि अन्नको अनादर गर्नु हुन्न। कहिल्यै पनि खाना फाल्नु हुँदैन। जसका कारण जीवनमा धन वैभवमा अभाव आउँछ।
५) जुन घरमा महिलाको अपमान हुन्छ, त्यहाँ कहिल्यै पनि लक्ष्मीको वास हुन सक्दैन। त्यसकारण महिलालाई सँधै आदर गर्नुहोस्। यस्तै साँझपख घरमा मिठा खानेकुरा बनाएर लक्ष्मीलाई अर्पण गर्नुपर्छ।
प्रतिकृया दिनुहोस्