Friday, April 16

आज नेपाली बैज्ञानिक महाबिर पुनको जन्मदिन जन्मदिनको लाखौं लाख शुभकामना सर

January 23, 2021 240

आज नेपाली बैज्ञानिक महाबिर पुनको जन्मदिन

जन्मदिनको लाखौं लाख शुभकामना सर बारम्बार सरकारसंग सहयोगको अनुरोध गर्दा पनि सहयोग प्राप्त नभएपछी, आम जनताबाट सहयोग तथा ऋण संकलन गरि संचालन भएको राष्ट्रिय आविश्कार केन्द्रले अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयसँग मिलेर नेपालमा नै भेन्टिलेटर बनाईरहेको कुरा केन्द्रका संस्थापक तथा प्रमुख बैज्ञानिक महाबिर पुनले एक ट्विट मार्फत सार्बजनिक गरेका छन ।

बिस्वभरी भेन्टिलेटरको अभाब खड्किरहेको बेला केन्द्रले अमेरिकी विश्वविद्यालय स्टानफोर्डको टिमसँग मिलेर नेपालमा नै भेन्टिलेटर बनाईरहेको उनले जानकारी दिएका हुन।
को टीम र राष्ट्रिय आविष्कार केन्द्र बीच सस्तो भेन्टिलेटर बनाउन सहकार्य भैरहेको छ | यो अनुसन्धान सफल भएमा भेन्टिलेटरको मुल्य एक लाख रुपैंया

भन्दा कम हुने छ | सो भेन्टिलेटरको सम्पूर्ण टेक्निकल विवरण दिएका छन. त्यसको प्रोटोटाईप हामीले केन्द्रमा बनाईरहेका छौं । (महाबिर पुनको ट्विट
बजारमा नेपाली मुल्य ७ लाख देखी ११ लाख सम्म पर्ने उक्त भेन्टिलेटर नेपालमा भने बजारको सामान्य दर भन्दा निकै सस्तो अर्थात करिब मात्र १ लाख भन्दा पनि कम मुल्यमा उत्पादन हुने पुनको अनुमान छ।

महाबिर पुन र उनको टिमले यस अघि कोरोना महामारीको बेला डाक्टरले लगाउने पिपिइ सुट तथा पन्जा लगाएतका मेडिकल पिपिइ बनाइसकेकाछन।
स्मरण रहोस, राष्ट्रिय अनुसन्धान केन्द्रले एम्बुलेन्स चालकलाइ निशुल्क पिपिइ समेत बितरण गरेको थियो।

प्रतिकृया दिनुहोस्