Sunday, July 25

सोमबार बाट काठमाडौं उपत्यकामा सबै खालका सवारी साधन चल्ने! लामो दुरीको यातायात चल्ने बारे यस्तो छ निर्णय

July 1, 2021 214

काठमाडौ । यातायाता व्यावसायीहरुले सोमवारवाट आफै निर्णय गरेर सबै प्रकारका सार्वजनिक सवारी साधन चलाउने भएका छन् । प्रशासनलाई सोमबारबाट सबै खालका गाडि चलाउने जानकारी यातायात ब्यवसायीले दिएका छन् । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिट क्षमता भन्दा माथिका सवारी साधन मात्र चलाउने अनुमति दिएपछि ब्यवसायीहरु सो निर्णय विरुद्ध उत्रिएका हुन् ।

व्यावसायीहरुले बिहीबार काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भेटेर प्रशासनको निर्देशन नमान्ने चेतावनी दिएका छन् । आफुहरुको माग सुनुवाई नभए सोमवारवाट आफै गाडी चलाउने चेतावनी दिएका छन् ।

छलफलका क्रममा उनीहरुले आइतबारसम्म पर्खने र कुनै सुनुवाई नभए निर्देशन अवज्ञा गरेरै भएपनि सबै खालका गाडी चलाउने उनीहरुले बताएका हुन् । जोर बिजोर पद्धतिलाई वास्ता नगरी महामारीको अवस्था हेरेर सोमबारबाट सबै सवारी संचालन गर्ने उनीहरुको भनाइ छ ।

यसअघि उनीहरुले शुक्रबारबाटै लामो तथा छोटो सबै खालका सवारी संचालन गर्ने बताएका थिए । तर सोमवार सम्मका लागि सो निर्णय पनि थाँती राखेका छन् । तर आजको छलफलमा भने तीनै जिल्लाका सिडीओहरुले ३ दिन समय पर्खन अनुरोध गरेकोले पर्खने र सोमबारबाट सावारी संचालन गर्ने नेपाल यातायात मजदुर संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्