Tuesday, June 15

आजदेखि काठमाडौंमा चिनियाँ खोपको दोस्रो डोज अभियान, कहाँ कहाँ लगाइँदैछ ?

May 16, 2021 115

काठमाडौं : काठमाडौंमा आइतबारदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिएको छ । खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरु सहभागी हुन सक्नेछन्। यो अभियान जेठ ११ गतेसम्म चल्नेछ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाका ३३ वटै वडामा खोप लगाइँदैछ । मन्त्रालयले वडाभित्र तोकिएको स्थानमा गएर खोप लगाउन सकिनेछ। खोप लगाउन जाँदा पहिलो डोज लगाएको कार्ड अनिवार्यरुपमा लैजानुपर्नेछ। जनस्वास्थ्यका मापदण्ड पूरा पालन गर्न मन्त्रालयले अनुरोध गरेको छ। यो अभियानमा १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुनसक्नेछन्।

यी ठाउँमा लगाइँदै छ खोप
उद्योगमन्त्रीले भेटे महावीर पुनलाई, अक्सिजन व्यवस्थापनबारे आज थप छलफल गरिँदै
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा सुझाव लिन मन्त्री आविस्कार केन्द्रमा आएको पुनले जानकारी दिए ।

शनिबार दिउँसो मन्त्रालयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर आएका मन्त्री भट्टलाई पुनले पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए । शनिबारको बैठकमा कुनै निचोड ननिस्किएको भन्दै थप छलफल गरेर अहिलेको संकट व्यवस्थापनको समाधान खोज्ने विषयमा छलफल भएको पुनले अनलाइनखबरलाई जानकारी दिए ।

‘शनिबार यस विषयमा सामान्य छलफल भयो, उहाँले अहिलेको संकटमा अक्सिजनको माग कसरी पूरा गर्न सकिन्छ ? भनेर सोध्नुभयो, मैले पनि पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएँ ।’ पुनले अनलाइनखबरसँग भने ‘आइतबार मन्त्रालयमा नै यसबारेमा छलफल गर्ने कार्यतालिका तय भएको छ ।’

पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविस्कार केन्द्रले विभिन्न दाताहरुले दिएको अक्सिजन सिलिण्डरलाई मर्मत गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ । गत बिहीबार मात्रै केन्द्रले ट्रमा सेन्टरलाई १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्