Sunday, July 25

हत्तपत्त कुनै कुरामा हार खाँदैनन् यी राशि भएका मानिस, के छ त विशेषता ?

July 2, 2021 252

काठमाडौँ । हरेक मानिस आफूले गरिएको काममा सफलता प्राप्त गर्न चाहन्छन्, तर हरेक मानिस आफूले सोचेको सफलता हासिल गर्न सक्दैनन् ।सफल ति मानिसहरु हुन्छन्, जोसँग निश्चित संकल्प र आत्मविश्वास हुन्छ।

ज्योतिष शास्त्रलाई जीवन बुझाउने एकमात्र शास्त्र भनिएतापनि कहिलेकाहिँ हरेक भविष्यवाणि पूरा हुन्छ भन्ने पनि छैन।

किनकी कर्मविरहरुले प्रमाणित गरेका छन्, ‘कर्म गर फल अवश्य पाईन्छ’ भनेर। यद्यपी भगवान नै छैनन् भन्नेहरुले समेत मानिसको जीवन, भविष्यबारे निकै चासो राख्छन्।

ज्योतिष भन्छन्, पहिलो शुभ ग्रह हुन्छ शनि, यस ग्रहको कुण्डलीमा शुभ स्थितिमा भए भाग्यले सधै साथ दिने गर्दछ। दोस्रो र तेस्रो ग्रह हुने गर्दछ मंगल र बृहस्पति। यी दिनहरुमा शुभ स्थिति व्यक्तिलाई सधै सफलता प्राप्त हुने गर्दछ।’

१२ राशिहरुमध्ये ३ राशि यस्तो हुने गर्दछन् जो कुनैपनि अवस्थामा पनि हार मान्दैनन्। यिनीहरु जुनकुनै हालतमा पनि जित हासिल गर्छन्।

यी तीन राशिहरु धन, सुख समृद्धि र आफ्नो जीवनमा प्रतिष्ठा बनाउनमा सधै सफल रहने गर्दछन्। यिनिहरु वचनको पनि पक्का हुन्छन्।

मेष राशिः मेष राशि हुने व्यक्ति आफ्नो नेतृत्व क्षमताको कारण सधै आफ्नो क्षेत्रमा अब्बल रहने गर्दछ। यी मानिसहरु आफ्नो बुद्धि, कौशलता र आत्मविश्वासको बलमा हरेक काममा सफलता प्राप्त गर्ने गर्छन्। साथै यी व्यक्तिहरु राम्रो नेता र चर्चित वैज्ञानिक पनि हुने गर्छन्।

यीनिहरु हरहालतमा हार खाँदैनन्। मेष राशिका व्यक्ति सकभर आफू नेतृत्व लिन चाहन्छन् र, जित आफ्नो पोल्टामा पार्न चाहन्छन्।

धनु राशिः जो आफ्नो हरेक काममा सफलता पाउनको लागी ठूलै क्रान्तिकारी निर्णय लिने गर्दछन्। यस राशिको मानिसहरु ठूलो भन्दा ठूलो निर्णय तुरुन्त नै लिने गर्दछन्।

यीनिहरुसँग दरिलो आत्मविश्वास र दृढ ईच्छाशक्ति हुने गर्छन्। आफ्नो कामलाई सफल बनाउनको लागी ज्यान दिएर मिहिनेत गर्ने गर्दछन्। यस राशिको व्यक्तिहरु निकै नै अनुशासित हुने गर्दछन्। निश्चित समयमा नै आफ्नो काम पूरा गरि सफलता प्राप्त गर्ने गर्छन।

मकर राशिः यो राशिका व्यक्तिहरु आफ्नो क्षमताको कारण उच्च पद प्राप्त गर्नमा सफल हुने गर्छन्। शनि र मंगलको विशेष कृपा यस राशिको मानिसहरुमा रहने गर्दछन्। यस राशिको व्यक्तिहरु आफ्नो मिहिनेतको कारण धन, मान-सम्मान र प्रतिष्ठा प्राप्त गर्नमा सफल हुने गर्छन्।

यस राशिको व्यक्तिहरु जुन कामको पछाडि लाग्दछन् त्यसलाई पूरा गर्नको लागि पुरै मिहिनेत गर्ने गर्दछन्। यिनीहरुको यही खूबी सबैभन्दा ठूलो पूँजी हुन्छ। यो राशिका मानिसहरु स्पष्ट पनि हुन्छन्।

प्रतिकृया दिनुहोस्