Thursday, April 22

यात्रुले विमान भित्रै जन्माइन् बच्चा, बच्चाको जन्मस्थान कहाँ भन्ने

November 20, 2020 133

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल भइरहेको छ । एक भिडियोले सबैको मन जितेको छ । यो दिल्लीबाट बेङ्गलोर जाँदै गरेको उडानमा देखिएको एक दृश्यले सबैको मन जितेको हो । विमानमा एउटी महिलाले उडानकै क्रममा बच्चा जन्माइन् ।

जब विमान अवतरण गरियो, विमानस्थलका कर्मचारीहरूले ठूलो स्वरले उनको प्रशंसा गरेका हुन् । यो सबै सम्भव विमानमा रहेका उत्कृष्ट चालक दलका सदस्यहरूका कारण भएको हो । अहिले सामाजिक सञ्जालमा अत्यधिक प्रशंसा भइरहेको छ ।

यो भिडियो ट्विटर प्रयोगकर्ता तरुण शुक्लाद्वारा साझा गरिएको थियो । उनले क्याप्शनमा लेखे, ‘उत्कृष्ट दृश्य । आज, एक महिलाले दिल्ली बाट बेङ्गलोर जाने ‘इण्डिगो’ उडानको क्रममा चालक दलका सदस्यहरूको सहयोगमा बच्चा जन्माइन् ।’ अक्टोबर ७ मा सेयर गरिएको भिडियोे लाखौं व्यक्तिहरुले हेरेका छन् ।

अर्कोतिर उक्त भिडियोमा ४ हजार २०० भन्दा धेरै लाइकहरु आएका छन् । वायुसेनाका रिटायर्ड कप्तान क्रिस्टोफरले एउटा भिडियो र यस सुन्दर क्षणको केही तस्वीरहरू ट्वीट गरेका छन् । उनले क्याप्शनमा भने, ‘महिलाले साँझ ६ः१० बजे बच्चा जन्माईन् । बच्चा र आमा दुबै स्वस्थ छन् ।’ रिपोर्टका अनुसार बच्चाको जन्म दिल्ली–बेङ्गलुरुर उडान नम्बर ६ई १२२ को बाटोमा भएको थियो ।

उनी बेलुका ७ः३० मा बेङ्गलुरू विमानस्थलमा पुगेका हुन् । उनको जन्मस्थान कहाँ भन्ने अन्यौल भयो भनेर प्रतिक्रियाहरु आइरहेका छन् । कहाँ भन्दा उपयुक्त होला । दिल्ली या बेङ्गलुरुर तपाईहरुपनि प्रतिक्रिया दिनुहोस् ।

बच्चा जन्माएपछि बच्चाकी आमालेपनि सोधेकी थिइन् । जन्मस्थान कहाँ भन्ने होला । तर उडान कर्मचारीले जिस्किदै ‘इण्डिगो’ उडान नम्बर ६ई १२२ भन्नुहोला भनेका थिए । सायद ती आमा अझै कन्फ्यूट नै पो होलान् की ?

प्रतिकृया दिनुहोस्