Sunday, July 25

मौसमले दियो खतरनाक संकेत ? यि पाँचवटा प्रदेशका लागि महाशाखाको यस्तो चेतावनी

July 2, 2021 221

बुधवार राती देखि जारी वर्षा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा अहिले पनि जारी छ । शुक्रवार बिहान पाँचवटा प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आफ्नो ट्विटरमार्फत शुक्रवार विहानै दिएको जानकारीअनुसार विहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो। ट्विटरमा अगाडि लेखिएको छ, ‘भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाले आज ९शुक्रबार० बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना महाशाखाले जनाएको छ।

यसैगरी राति पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जराी रहने सम्भावना छ।

यस क्रममा प्रदेश १,प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ। बुलेटिनसँगै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ स् प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिकृया दिनुहोस्