Thursday, May 6

मुख्यमन्त्री राई र मोडेल जाङ्मुको बिवाह शुरू, राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै

January 24, 2021 180

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाँधिदैछन् । राजधानीको एक पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम शुरू भइसकेको छ ।४९ वर्षीय राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पालाई जीवनसाथी रोजेका हुन् ।उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । जाङ्मु सन् २०१८ कि ‘मिस मंगोल’ हुन् ।स्रोतका अनुसार शेरधन र जाङ्मुको विवाह सानो समारोहमा हुँदैछ । विवाहमा राई निटकस्थ करिब दुई दर्जन व्यक्तिलाई मात्र जन्ति जाने निम्तो छ ।आजै हुने रिसेप्सनमा भने राष्ट्रपति-प्रधानमन्त्रीलगायतका भीभीआईपीहरूलाई पनि निमन्त्रण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रिसेप्सनमा सहभागी हुने वचन दिएका छन् । स्रोतका अनुसार कोरोनाका कारण रिसेप्सनमा पनि धेरै मान्छे निम्त्याइएको छैन ।वैवाहिक कार्यक्रममा सामाजिक दूरी र कोरोनाविरुद्धका स्वास्थ्य सतर्कताहरू अपनाइने राईनिकट स्रोतको भनाइ छ
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाँधिदैछन् । राजधानीको एक पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम शुरू

भइसकेको छ ।४९ वर्षीय राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पालाई जीवनसाथी रोजेका हुन् ।उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । जाङ्मु सन् २०१८ कि ‘मिस मंगोल’ हुन् ।स्रोतका अनुसार शेरधन र जाङ्मुको विवाह सानो समारोहमा हुँदैछ । विवाहमा राई निटकस्थ करिब दुई दर्जन व्यक्तिलाई मात्र जन्ति जाने निम्तो छ ।आजै हुने रिसेप्सनमा भने राष्ट्रपति-प्रधानमन्त्रीलगायतका भीभीआईपीहरूलाई पनि निमन्त्रण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रिसेप्सनमा सहभागी हुने वचन दिएका छन् । स्रोतका अनुसार कोरोनाका कारण रिसेप्सनमा पनि धेरै मान्छे निम्त्याइएको छैन ।वैवाहिक कार्यक्रममा सामाजिक दूरी र कोरोनाविरुद्धका स्वास्थ्य सतर्कताहरू अपनाइने राईनिकट स्रोतको भनाइ छ

प्रतिकृया दिनुहोस्