Friday, April 16

मिस मंगोलसंग प्रदेश १ का मुख्यमन्त्रीले कसे लगनगाठो

January 24, 2021 273

ईटहरी/ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाले आज माघ ११ गते लगनगाठो कसेका हुन् । यी २ को विवाह यतिबेला काठमाडौँमा धुमधामका साथ भैरहेको छ ।

विवाह समारोहबाट केहि तस्वीर सार्बजनिक भएसंगै राई दम्पतिलाई बधाईको ओईरो लागिरहेको छ ।

काठमाडौँमा विवाह लगत्तै प्रदेश १ राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ । मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता हुन् । शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ । हाम्रो तर्फबाट पनि दुबैलाई सफल दाम्पत्य जिवनको सुभकामना ।
कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन्। छोरीका लागि आमा बुवा पनि संघर्ष गरिरहेका छन्। कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन्। तर, एका एक उनीहरूमाथि नसोचेको तनाव आइपरेको छ अहिले। सामान्य आर्थिक हैसियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमा आफूसँग भएको सम्पूर्ण रकम खर्च गरिसकेका छन्।

दिउँसो प्रहरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भाडाको ट्याक्सी चलाउँछन्। एलिशाको अवस्था दिन्दिनै जटिल बन्दै गएको छ।कान्तिबाल अस्पताल बाहिर श्रीमान् श्रीमती निकै तनावपूर्ण अवस्थामा भेटिन्छन्। ‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान, पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ, छोरीलाई रोगले सतायो, उनीअहिले अस्पतालको बेडमा पुगिन्,’यतिभनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे।

२०६२ साल साउन २१ गते जन्मिएकी एलिशालाई असोजमा क्यान्सरको लक्षण देखा परेको हो। दशैंको समयमा एलिशालाई सामान्य गलफुलो देखा परेको थियो।त्यसपछि ज्वरो आउने, टाउको दुख्ने हुँदै गयो। एलिशाको शरीर कमजोर र छाला सेतो हुँदै गयो। र, उनी दुब्लाउँदै गइन्। कृष्णबहादुरले एलिशालाई उपचारका लागि कान्तिबाल अस्पताल लगे।

अस्पताल लगेपछि डाक्टरहरूले रगतमा इन्फेक्सनभएको हुन सक्ने आशंका गरेर रगत जाँच गर्न लगाए। एलिशाको रिर्पोट लिन कृष्णबहादुर एक हप्तापछि अस्पताल गए। एलिशाको घाँटीको घाउँ निको भएन। झन पाक्दै गएको थियो। त्यसैले एलिशाको रगत परीक्षणका लागि भारत पठाउन डाक्टरले सुझाव दिए। २८ हजार ८ सय रुपैयाँ खर्च गरेर भारतमा रगतको स्याम्पल पठाइयो। एलिशाको रगतको रिपोर्ट ११ दिनमा आयो। र, पछि एलिशालाई ब्लड क्यान्सर भएको थाहा भयो। एलिशालाई ए लेबलको ब्लड क्यासर भएको रहेछ। यो खबरले उनका अभिभावकलाई असह्य पीडा दियो। एलिशाको उमेर कमभएकाले समयमै उपचार पाएमा निको हुने डाक्टरको भनाईले उनीहरूलाई केही सान्त्वना मिल्यो।

यसअघि पनि कान्ति बाल अस्पतालबाट केही बालबालिकाहरू क्यान्सर निको भएर घर फर्किएको केश पनि रहेको डाक्टरले बताएका कृष्णबहादुरले जानकारी दिए।एलिशाको उपचार खर्च १०लाख रुपैयाँ पुग्ने कृष्णबहादुरले बताएका छन्। अहिलेसम्म ३ लाख ५० रुपैयाँखर्च भइसकेको छ। जसमा सरकारकातर्फबाट प्राप्त १ लाख रुपैयाँ बराबरको औषधि पनि सामेल छ।

‘मामासँग एक लाख रुपैयाँ ऋण लिएर छोरीको उपचारमा खर्च गरेको छु, अरु पैसा जुटाउने कोसिसमा छु,’ कृष्णबहादुरले भने। एलिशालाई कृष्णबहादुरले भक्तपुरस्थित साँगा बोर्डिङ स्कुलमा होस्टल राखेर पढाउँदै आएका छन्। उनी कक्षा ९ मा अध्ययन गर्छिन्। कृष्णबहादुर र दीपा वसन्तपुरमा भाडामा बस्छन्।

कृष्णबहादुर न्यूरोड, विशाल बजारस्थित प्रहरी कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छन्। उनले त्यहाँबाट एक लाख २० हजार रुपैयाँसहयोग प्राप्त गरेका छन्।प्रहरी कार्यालयमा कार्यरत कृष्णबहादुरलाई काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूबाट पनि आर्थिक सहयोग उठाएर दिने बताइएको छ।एलिशाको एक पटक किमो गरिएको छ।

प्रतिकृया दिनुहोस्