Thursday, December 2

मुग्लिनको जाममा भेट भएका यी ६ दुलाहाको सामुहिक तस्विर भाइरल बन्दै

July 3, 2021 588

बिहान ५ बजे बाट झर्न थालेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएसंगै उक्त बाटो भएर आवतजावत गर्ने दर्जनौ यात्रुहरु अलपत्र परेका छन्। अवरुद्ध भएको सडक खण्ड खुलाउने क्रम दिनभरी नै चलिरह्यो भने अहिले पनि चलिरहेको छ। यसरी समय समयमा झरिरहेको पहिरोले गर्दा सडक पूर्ण रुपमा भने खुल्न सकेको छैन।

सडक पूर्ण रुपमा नखुलेकाले मुग्लिनतर्फ जाने र भरतपुरतर्फ आउने सवारी साधनहरु र मानिसहरुको निकै लामो लाईन छ। त्यतिमात्र हैन यसरी रोकिनेमा विवाहका लागि हिँडेका दुलाहा र जन्तीहरु पनि छन् । भन्न त विवाहको दिन दुलाहालाई राजाले पनि बाटो छाड्न पर्छ भन्छन तर समय नै यस्तो भयो कि जामले गर्दा आजको मितिमा लगन हुने दुलाहाहरु उक्त जाममा परेका हुन् भने जाममा परेका बेला एक साथ् दुलाहाहरुले खिचेको फोटो सामाजिक संजालमा निकै भाइरल बनिरहेको छ।

यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन् । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए । तर मुग्लिनबाट करिब ५/७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेटघाट भयो । केही गाडीबाट झरेर एकापसमा गफिन थाले ।त्यही बेलामा ज्ञानेन्द्रले यादगार क्षण हुन्छ भनेर सामूहिक तस्वीर खिच्ने प्रस्ताव गरे ।

ज्ञानेन्द्रका अनुसार जाममा परेका १२/१५ जना दुलाहा थिए । कोही गाडीमै बसेका थिए भने कतिपयले फोटो खिच्न मानेनन् । ६ जना तयार भए, ज्ञानेन्द्रले क्लिक फोटो खिचे । यो समाचार तयार पार्दा सम्म ज्ञानेन्द्र भन्छन्, ‘बल्लतल्ल कालीखोला कट्यौं, कतिबेला बेहुलीको घरमा पुग्ने हो थाहा छैन ।’ बिहान चाँडै केटीको घरमा पुग्ने र छिट्टै गाउँ फर्किने योजना बनेको भए पनि जामले चौपट भएको उनले सुनाए । भन्छन्, ‘बिहे खान आएको, हामी सबे चाउचाउ खाएर प्राण धानिरहेका छौं । थकाइ पनि लाग्यो, सबै भोकले लखतरान भइसक्यौं ।’

केहि दिन देखि परिरहेको लगातार बर्षाक कारण देशका विभिन्न ठाउमा बाढी पहिरो गैरहेको छ भने पहिरोले गर्दा धेरै ठाउमा सडक अवरुद्ध भएको छ। यदि तपाईहरु पनि कतै टाडाको बाटो हिड्दै हुनुहुन्छ भने पहिला नै बाटो के कस्तो छ बुझेर मात्र यात्रा तय गर्नुहोला।

प्रतिकृया दिनुहोस्