Friday, April 23

यी ६ चिज घरमा राख्नाले, कहिल्यै हुँदैन धनको कमी ! ॐ लेखी एक शेयर गर्नोस

January 24, 2021 150

अधिकाँश परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।

यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन । घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैनः

१- माटोको घडा
घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।

२– घरको दक्षिण-

पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।

३- घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।

४- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।
५- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।

६- वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन फिर्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो समस्या हटेर जाने धार्मीक मान्यता छ ।

जान्नुहोस् राशी अनुसारको उपाय :मेष राशी=नियमित सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गर्नुहोस् ।वृष राशी=नित्य बिहानै भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्नुहोस् ।मिथुन राशी=बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्नुहोस् ।

कर्कट राशी=नित्य बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाउनुहोस् ।सिंह राशी=हरेक बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्नुहोस् ।कन्या राशी=नियमित बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुला राशी=भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्डुको भोग दिनुहोस् ।वृश्चिक राशी=विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी वर्गले यात्रापूर्व श्रीराम स्तुति पाठ गर्नुहोस् ।धनु राशी=नित्य हनुमानजीको दर्शन गरी पिपलमा मिठाई अर्पण गरेर केशरको टिका लगाउनुहोस् ।

मकर राशी=बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमा लानुहोस् ।कुम्भ राशी=केराको बोटमुनी दियो बाली महत्वपूर्ण कामपूर्व हनुमानलाई मीठा पान अर्पण गर्नुहोस् ।मीन राशी=विष्णुलाई केसरको टिका लगाएर आफु लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्