Thursday, December 2

अभिनेत्री सुपुष्पा भट्टले गरिन् बिहे

July 3, 2021 353

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग विवाह गरेकी छिन् । शुक्रवार गोकर्ण फरेष्ट रिसोर्टमा विवाह सम्पन्न भएकाे हाे ।

विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो बताइएकाे छ । उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागि भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ । सुपुष्पा र रौनकको गत बैशाख १५ गते इन्गेजमेन्ट सम्पन्न भएको थियो ।

यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो । रौनक नेपाली फिल्मका निर्माता समेत हुन् । उनले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । सुपुष्पाले भने फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन्

प्रतिकृया दिनुहोस्