Monday, July 26

भूकम्पको धक्का महशुश

July 3, 2021 161

सुर्खेत– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।

थप समाचार –लगातारको वर्षाका कारण देशभरको जनजिवन नराम्रोसंग प्रभावित भएको छ ।वर्षाले देशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम बढेको छ । मानिसको बासस्थान खोसिएका छन् भने विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् ।

गएरातीदेखिको भिषण वर्षाका कारण मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको खबर छ । मकवानपुरको विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडा काठमाडौं जोड्ने सडकहरु अबरुद्ध भएका छन् ।

त्रिभुवन राजपथको हेटौंडा–भैंसे सडक खण्ड अन्तर्गत भिमफेदी– १ बाघझोरा,
त्रिभुवन राजपथ कै (भैंसे–पालुङ–नौबिसे सडक खण्ड) भिमफेदी– ९ अघोर, थाहा– ६ खानीगाउँ, थाहा नगर–१२ गैरीगाउँमा पहिरो जाँदा हेटौंडाबाट पालुङ जोडने सडक खण्ड अबरुद्ध भएको छ ।यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैंस–भिमफेदी–फाखेल र सिस्नेरी सडक खण्ड अन्तर्गत भिमफेदी–२ पान्द्राङ,

सोहि सडकखण्डको भिमफेदी– ६ गढी, देउराली, फाखेल सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर– ४ महालक्ष्मीखोला, ईन्द्रसरोबर– २ कुलेखानीमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैगरी कान्ती लोकपथ अन्तर्गत भिमफेदी–८ गंगटे, कालो पहिरोमा पहिरोले कालोपत्रे बगाउदा मकवानपुर भएर काठमाडौं जोडने सबै मार्ग अबरुद्ध भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउनु समस्या भएको प्रहरीले जनाएको छ ।

लगातारको बर्षाले हेटौंडाका केहि स्थान डुबानमा परेका छन् ।हेटौंडा उपमहानगरपालिका ५ गर्दोई,शान्तिनगर क्षेत्र डुबानमा परेको छ यहाँका केहि घरमा पानि पसेको छ भने सडकमा आवतजावत गर्न कठिनाई भएको छ ।सानोपोखारा बुद्धमार्गका केहि घरभित्रै पानि पसेको छ ।

पिप्ले, सानोपोखाराका केहि भाग, सिचाईटोल लगायतका क्षेत्र जलमग्न बनेका छन् ।त्यस्तै कर्रा खोलाको पानिको सतह बढेको छ । हालसम्म कुनै भौतिक क्षति तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।थाहा नगरपालिका २ स्थित रहेको खोल्सामा पानिको बहाब बढेकोले जोखिम रहेको तर हाल सम्म क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्