Sunday, July 25

शुक्र ग्रह कर्कट राशिमा प्रवेश: साउन २ गतेसम्म १२ ओटै राशिमा पर्नेछ यति धेरै असर र लाभ!

July 3, 2021 170

हरेक ग्रहको चाल अनि यसको राशि परिवर्तन र अन्य ग्रहसंगको संयोजनले बिभिन्न योग बन्ने हुदा यसको प्रभाव सबै १२ वटै राशिमा गर्दछ। ग्रहहरुमध्ये शुक्रग्रह र यसको राशि परिवर्तन एकदमै महत्वपूर्ण मानिन्छ। किनकि शुक्र सुख, समृद्धि,सौन्दर्यको कारक मानिन्छ । शुक्र ग्रहको राम्रो स्थितिमा व्यक्तिलाइ भौतिक शुख दिलाउछ । आउने साउन २ गते अर्थात् १७ जुलाईसम्म शुक्र ग्रह कर्कट राशिमा रहन्छन् । आउनुहोस् आज हामी तपाइलाई यस समयमा सबै राशिमा कस्तो प्रभाव पर्छ, जानकारी गराउछौ ।

मेष राशि
शुक्र ग्रहको यस राशि परिवर्तनले मेष राशिको हुने मानिसको लागि एकदमै राम्रो योग रहनेछ । यस समयमा मेष राशि हुनेहरुको आर्थिक समस्या समाधान भएर आर्थिक लाभ हुनेछ ।

वृष राशि
वृष राशिको लाइ यस समय मध्यम फलदायी रहनेछ । तर बिद्यार्थी वर्गको लागि भने यस समय एकदमै शुभ रहेको छ । स्वास्थ्यमा सुधार हुदै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।

मिथुन राशि
मिथुन राशि भएको मानिसहरुमा यस समयमा वाहनको प्रयोगमा बिशेष सावधानी अपनाउनु हुन्छ । चोटपटक हुने उच्च सम्भवाना रहेको छ ।

कर्कट राशि
कर्कट राशि हुनेहरुको लागि शुक्र ग्रहको परिवर्तनले शुभ योग बन्नेछ । यस राशि परिवर्तनको समयमा कर्कट राशिको लागि राम्रो सफलता मिल्ने योग रहेको छ ।

सिंह राशी
सिंह राशिको लागि यस राशि परिवर्तनको समय प्रभावशालि रहनेछ । यस समयमा सिंह राशि हुने मानिसलाइ निकै फाइदा हुने योग रहेको छ। आर्थिक लाभ हुने प्रवल सम्भवना रहेको छ ।

कन्या राशी
कन्या राशिको लागि शुक्र ग्रह कर्कट राशिमा रहनुले राम्रो योग रहेको छ । कन्या राशि भएको जातकलाइ यस समयमा सामाजिक पद प्रतिष्ठा मिल्न सक्छ। साथै मान सम्मान पनि बढ्नेछ ।

तुला राशि
तुला राशिको लागि यस समय राम्रो रहनेछ । तुला राशिको लागि यस समयमा धन लाभ हुने प्रवल सम्भावना रहेको छ । यस समयमा तुला राशि हुनेहरुको लागि खानपान तथा स्वास्थ्यको बिशेष ध्यान दिनुपर्ने हुन्छ ।

वृश्चिक राशि
वृश्चिक राशिको जातकको लागि यस समयमा राजनीतिक सत्ता मिल्ने योग रहेको छ । सोचे आटेको काम पुरा हुनेछ । बिग्रिएका सम्बन्धमा सुधार हुदै जानेछ।

धनु राशि
धनु राशि हुनेहरुले यस समयमा बिभिन्न समस्या झेल्नु पर्ने हुन्छ । साथै शत्रु बढ्ने छन् । स्वास्थ्यमा सुधार हुनेछ । आय आर्जन बिभिन्न स्रोत प्राप्त हुनेछ ।

मकर राशि
मकर राशिको लागि यस समयमा राम्रो सफलता मिल्नेछ । साथै आय आर्जनको स्रोत बढ्नेछ । पैसा खर्च गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

कुम्भ राशि
कुम्भ राशिको लागि यस समयमा मांगलिक कार्यमा सहभागी हुने योग रहेको छ । यस समयमा कुम्भ राशि भएको मानिसको लागि विभिन्न शुभ अवसर मिल्न सक्छ ।

मिन राशि
मिन राशि भएको जातकको लागि यस समय खासै राम्रो रहेको छैन । यस समयमा नोक्सानी र आइसकेका बिभिन्न अवसर पनि गुम्नसक्छ । धैर्यताको साथ काम गर्नु पर्ने हुन्छ

प्रतिकृया दिनुहोस्