Friday, April 16

साह्रै दुखद खबर : कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृत कृष्णगोपाल श्रेष्ठ को निधन

January 25, 2021 152

काठमाडौं । कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृतको निधन भएको छ । मन्त्रालयमा कम्प्युटर अधिकृत रहेका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको हो ।

श्रेष्ठको उपचारका क्रममा सोमबार वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले श्रेष्ठको निधन भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
के १५ सय वर्ष अघि पनि मानिसहरुले फेशनएवल जुत्ता लगाउँथे रु केही दिन अघि मंगोलीयामा भेटीएको यो तस्विर पछि यो प्रश्न यत्रतत्र बहशको विषय बन्न पुगेको छ ।

यो डिजाइन आधुनिक युगमा संसारभर मशहूर ब्राण्डबाट उत्पादन भइरहेको डेलीमेलले जनाएको छ । यो जुत्ता मंगोलीयाको अल्ताई माउन्टेनमा केही हप्ता पहिला पुरातत्वविदहरुले फेला पारेका हुन् ।

ममी नाम गरेकी एक महिलाले उक्त समयमा पनि यस्तो अनौठो जुत्ता लगाउने गरेको तथ्य उनीहरुले पत्ता लगाएका छन् । खोव्द संग्रहालयका विशेषज्ञहरुका अनुसार ममीका साथमा एक घोडा, काठी, लगाम, माटाका भाँडा, लट्ठीको टोकरी लगायतका सामग्राीहरु फेला परेका छन्

प्रतिकृया दिनुहोस्