Sunday, September 19

कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई आयो यस्तो सूचना । सबैले हेर्नुहोला ।

July 4, 2021 193

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ ।

परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ ।बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिनुभयो ।

भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उहाँको भनाइ छ ।कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ ।

कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको जनाइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

लोक सेवा आयोग कमलपोखरी सर्दै, ७२ करोडमा तयार भयो नयाँ भवन

लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ ।

स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिसकिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले भने, ‘साउन ३ गतेको अन्तरवार्ता नयाँ कार्यालयमा गर्ने सूचना प्रकाशित भइसकेको छ, त्यसअघि नै हामी कमलपोखरीमा सर्छौं ।’

लोक सेवा आयोगको केन्द्रीय कार्यालय पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा थियो । त्यहाँको राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि लोक सेवा आयोग अनामनगरस्थित कार्यालयमा सरेको थियो । २०७२ को गोरखा भूकम्पमा कमलपोखरीको त्यो पुरानो भवन भत्किएको थियो ।

त्यसपछि २०७४ चैत ५ गते तीन वर्षे निर्माण सम्झौता गरिएको थियो । लकडाउन लगायतका समस्याले तोकिएको अवधिमा काम नसकिएको भन्दै पुनः ३ महिना म्याद थपिएको थियो । निर्माण सम्झौताको त्यो म्याद यही असार २५ गते सकिंदै छ ।

प्रतिकृया दिनुहोस्