Tuesday, August 9

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप खुकुलो बनाइदै, सार्वजनिक बस लगाएत पसलहरु खुल्ने

July 4, 2021 258

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। त्यसका लागि छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भैरहेको छ।

थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ। सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ। सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।

पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ।

यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो। काठमाडौं उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ।

प्रतिकृया दिनुहोस्