Thursday, April 22

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बोलेरोले मोटरसाइकललाई ठ’क्कर दिँदा पानी पानी भन्दै घट’नास्थ’लमै ज्या’न गुमा’ए

January 25, 2021 193

काठमाडौ । बेनीघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ ।चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ०–३–०–१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ः०० बजे एकापसमा ठो’क्कि’एर दु’र्घट’ना भएको थियो ।दु’र्घट’नामा मोटरसाइकलको पछाडि सवार काठमाडौँ गुर्जुधारा निवासी पुजन खड्काको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनापछि बुलेरो चालकलाई प्रहरीले प’क्रा’उ गरेको छ source /kalapanitimes.com

काठमाडौं: पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने भएकाे छ । सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि उनीहरुकाे सुरक्षा कटौती गर्ने तयारी गरेको हाे ।सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो । मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए

स्रोतका अनुसार नियमविपरीत सुरक्षाकर्मी घरमा राखेमा तलबलगायत अन्य सुविधा सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ । गृह प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षासम्बन्धी विषय भएकाले यो विषयमा बोल्न नमिल्ने बताए ।विशिष्ट र पूर्वविशिष्टको सुरक्षामा सबैभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालित हुँदै आएको छ । सशस्त्रका मात्रै तीन सयभन्दा बढी जनशक्ति पूर्व विशिष्टको सुरक्षामा छन् ।सबैभन्दा बढी सुरक्षा लिनेमा पूर्वप्रधानमन्त्री र केही गृहमन्त्री छन् । एक उच्च सुरक्षा अधिकारीले भने, “थ्रेटको आकलन हेरर सुरक्षा दिने हो

प्रतिकृया दिनुहोस्