Monday, October 25

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी

July 4, 2021 275

काठमाडौँ– काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।यसबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपराह्न बस्दैछ ।अपराह्न तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले निषेधाज्ञा कस्तो मोडालिटीमा थप्ने भन्ने निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।अबको निषेधाज्ञामा सबै

सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको दबाब छ । यसमा प्रजिअहरु सकारात्मक छैनन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी प्रजिअहरुको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घा’इते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो । रामेछापको बेथानमा

जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुनुहुन्थ्यो ।
पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उहाँ लामो समय सक्रिय हुनुहुन्थ्यो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा

खड्काले रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर संगठन गर्नुभएको थियो । विसं २०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित उहाँले पाँच वर्ष काम गर्नुभएको थियो ।

खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट खड्कालाई संविधानसभा सदस्य बनाइएको थियो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्