Sunday, April 11

विवाहको खर्च कटाएर रंगशाला निर्माणको लागि आर्थिक सहयोग

January 26, 2021 110

एक नवविवाहित जोडीले आफ्नो विवाहको खर्च कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् ।जनस्तरबाट रकम संकलन गरी चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि बुटवल निवासी लोकेश गिरि र पद्मा गिरिले विवाहको खर्च कटौती गरी २२ हजार २ सय २५ रुपैयाँ सहयोग गरेका हुन् । सोमवार उक्त रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् ।

सहयोग रकम ग्रहण गर्दै फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, “यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा लोकेश गिरि ज्यु र पद्मा गिरि ज्यु साथै उहाँको सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।”

प्रतिकृया दिनुहोस्