Sunday, September 19

अमेरिकी सेनामा नेपाली : भारतीयलाई उछिन्दै ग्रिनकार्ड पाउनेमा विश्वमै सातौं स्थानमा नेपाली

July 5, 2021 163

अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गर्नेमा विश्वमा नै सातौं नम्बरमा नेपालीहरु रहेको तथ्यांक युएससीआईएसबाट प्राप्त भएको छ । अमेरिकी सेनामा भर्ना भइसकेपछि तत्कालै नागरिकता प्राप्त गर्नसकिने प्रावधान रहेको छ भने आवासीय निरन्तरता लगायतका कैयन प्रावधानमा समेत छुट रहेको छ ।

युएससीआईएसका अनुशार विगत ५ बर्षमा एकहजार नेपालीहरुले अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरेका छन् । उनीहरुले आर्मी, नेभी, मरिन, एयर फोर्स र कोस्ट गार्डमा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरेका हुन् ।

आर्थिक बर्ष २०१६ मा ४७० जना नेपालीहरुले अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरे भने सन् २०१७ मा यो संख्या घटेर १४० मा झरेको थियो । सन् २०१८ मा पनि १४० जना नेपालीहरुले नै अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरे ।

आर्थिक बर्ष २०१९ मा अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता पाउने नेपालीहरु १६० जना रहेका थिए भने सन् २०२० मा जम्मा १ सयजना रहेका थिए । सबैभन्दा धेरै अमेरिकी आर्मीमा र दोश्रोमा नेभीमा भर्ना हुनेहरु रहेका छन् ।

अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गर्नेमा पहिलो नम्बरमा फिलिपिनो, दोश्रो नम्बरमा मेक्सिकन, तेश्रोमा चाइनिज, चौथोमा साउथ कोरियन, पाँचौंमा जमैकिन र छैठौंमा नाइजेरियन रहेका छन् । सातौं नम्बरमा नेपाली रहेका छन् ।

नेपालीहरुले भारतीयहरुलाई समेत उछिनेका छन् । भारतीयहरु आठौं नम्बरमा छन् । घानाका नवौं र केन्याका १० औं नम्बरमा रहेको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०१६ को तुलनामा त्यसपछिका बर्षहरुमा अमेरिकी सेनामा भर्ना भएर नागरिकता प्राप्त गर्नेहरुको संख्या घट्दो रहेको छ ।

ग्रिनकार्ड नभएकाहरुलाई पनि अमेरिकी सेनामा भर्ना गर्न सकिने माभ्नी कार्यक्रम सन् २०१७ को सेप्टेम्बर ३० मा समाप्त भएकाले पछिल्ला बर्षहरुमा अमेरिकी सेनामा भर्ना भएर नागरिकता प्राप्त गर्नेहरुको संख्या घटेको छ । माभ्नी कार्यक्रम अन्तरगत नेपालीहरु पनि योग्य रहेका थिए भने यो कार्यक्रम अन्तरगत ठूलो संख्यामा नेपालीहरु अमेरिकी सेनामा भर्ना भएका थिए ।

त्यस्तै सन् २०१७ मा पेन्टागनले अमेरिकी सेनाको रिजर्भ फोर्समा रहेकाहरुलाई नागरिकता प्रदान गर्नमा रोक लगाएपछि त्यसको प्रभाव पनि परेको थियो । त्यस अगाडि इमिग्रेशन नेशनालिटी एक्टको सेक्सन ३२९ अनुशार अमेरिकी सेनामा रिजर्भ फोर्सका रुपमा भर्ना भएकाहरुले समेत तुरुन्तै अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने प्रावधान रहेको थियो ।

यद्यपी तीब्र गतिमा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकी सेनामा ६ महिनादेखि एकबर्षसम्म काम गरेको हुनुपर्ने पेन्टागनको नीतिलाई गतबर्षको अगस्तमा संघीय अदालतले कार्यान्वयनमा रोक लगाइसकेको छ ।

तीब्र गतिको नागरिकताका लागि योग्य हुन आवेदकले पेन्टागनबाट राम्रोसँग सेवा गरेको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । विगतमा सेनामा कार्यरत व्यक्तिले सेनामा सेवा सुरु गरेको भोलिपल्ट नै यस्तो प्रमाणपत्र पाउने गरेका थिए । तर सन् २०१७ मा पेन्टागनले नीतिमा परिवर्तन गरेर सकृय रुपमा खटेकाहरुलाई १८० दिन नपुगी प्रमाणपत्र नदिने नीति ल्याएको थियो । साभार : खसोखासडटकम

प्रतिकृया दिनुहोस्